यस्तो छ, भारत र नेपालमा मुद्रास्फीति अन्तर

काठमाडौं । हालैका महीनामा भारतमा थोक महँगी दर ओरालो लागिरहेको छ । फेब्रुअरीमा समेत यो क्रमले निरन्तरता पाएको त्यहाँको वाणिज्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार जनवरीमा ४ दशमलव ७३ प्रतिशत रहेको थोक मूल्यमा आधारित मुद्रास्फीति सूचकांक (डब्ल्यूपीआई) फेब्रुअरीमा ३ दशमलव ८५ प्रतिशतमा ओर्लिएको छ । उक्त अवधिमा उक्त सूचक ४ प्रतिशत रहने अनुमान अर्थशास्त्रीहरूले गरेका थिए । कच्चा तेल र प्राकृतिक ग्यास, गैरखाद्य वस्तु, खाद्य वस्तु, खनिज, कम्प्युटर, इलेक्ट्रोनिक्स र अप्टिकल प्रडक्ट, केमिकल र केमिकल प्रडक्ट, इलेक्ट्रिकल उपकरण र सवारीसाधन आदिको भाउमा आएको कमीका कारण डब्ल्यूपीआई अपेक्षा गरिएभन्दा धेरै घटेको बताइएको छ । यससँगै डब्ल्यूपीआई घटेर २५ महीनायताकै न्यूनस्तरमा आइपुगेको छ । नेपालमा पनि विगत २ महीनामा डब्ल्यूपीआई घट्दो क्रममा छ । माघमा थोक महँगी ९ दशमलव ६७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो महीना यो सूचकांक ९ दशमलव ८२ प्रतिशत थियो भने गतवर्षको सोही अवधिमा १० दशमलव ३४ प्रतिशत थियो । अर्थात् दुई देशमा डब्ल्यूपीआई दरमा भिन्नता यस अवधिमा क्रमश: ५ दशमलव शून्य ९, ५ दशमलव ८२ प्रतिशत र माइनस ३ दशमलव ११ प्रतिशत रहेको पाइन्छ । गत महीना भारतमा उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति अर्थात् सीपीआई अपेक्षाकृत धेरैले घट्यो । फेब्रुअरीमा सीपीआई ६ दशमलव ४४ प्रतिशतमा ओर्लिएको छ । सीपीआई अघिल्लो महीनाको तुलनामा घटेको भए पनि यो लगातार दोस्रो महीना ६ प्रतिशतभन्दा माथि छ । यसले अधिकांश श्रेणीमा वस्तु तथा सेवाको मूल्य उच्च नै छ भन्ने संकेत गरेको छ । यसले केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)लाई आगामी नीतिगत बैठकमा ब्याजदर बढाउने प्रशस्तै ठाउँ दिएको अनुमान बढाएको छ । भारतमा सीपीआई जुन स्तरमा घटेको छ सोही स्तरमा नेपालमा नघट्दा अन्तरमा उल्टो प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस र माघमा सीपीआई क्रमश: ७ दशमलव २६ प्रतिशत र ७ दशमलव ८८ प्रतिशत छ । अर्थात् अघिल्लो महीना दुई देशबीच सीपीआई अन्तर साँघुरिएर शून्य दशमलव ७४ मा आए पनि गत महीना बढेर १ दशमलव ४४ मा उक्लिएको छ । त्यसैगरी, सन् २०२१ का फेब्रुअरीमा सीपीआई अन्तर १ दशमलव ९५ प्रतिशत थियो । भारतमा सीपीआई घट्दो क्रममा रहँदा नेपालमा उल्टो प्रवृत्तिले गर्दा अन्तर बढेको छ । सन् २०२० र २०२१ को अन्त्यसम्मै भारतको भन्दा नेपालमा महँगी कम थियो । नेपालको सबैभन्दा ठूलो निर्यात बजार भएकाले भारतको तुलनामा नेपालमा महँगी कम्तीमा पनि १ दशमलव ५ प्रतिशत धेरै रहने र यो स्वाभाविक नै भएको बताउँछन् पूर्वबैंकर अनलराज भट्टराई । कोरोनाको समयमा अर्थतन्त्र चलायमान नभएकाले धकेलेरै चलाउनुपर्ने अवस्था थियो । अहिले विस्तारै आर्थिक गतिविधिले पुरानो लय समात्दै गर्दा दुई देशको महँगीको प्रवृत्ति सामान्य स्तरमा फर्किएको उनी बताउँछन् । सन् २०२२ को नोभेम्बरयताका १६ मध्ये २ महीनामा मात्रै भारतको महँगीले नेपालको महँगीलाई उछिनेको छ । गएको महीना डब्ल्यूपीआईमा आएको कमीले आगामी दिनमा खुद्रा मूल्य घट्ने अनुमान बढेको छ । डब्ल्यूपीआईमा उत्पादनको स्तर, कम्पनीबीच हुने वस्तु विनिमयको मूल्य हेरिन्छ भने सीपीआईमा खुद्रा उपभोक्ता स्तरमा मूल्य हेरिन्छ ।

सम्बन्धित सामग्री

मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको साक्षात्कारमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘दूतावासले समन्वय गरिरहेको छ। भारत भ्रमण चाँडै हुन्छ।’प्रधानमन्त्री भए लगत्तै प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताएका थिए।

रोजगारीका लागि भारत जाने बढे

काठमाडौं । नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाईं गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम […]

भारत भ्रमणलाई लिएर उत्साहित छु : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तीनदिने भारत भ्रमणले आफू उत्साहित रहेको बताएका छन्।शुक्रबार भारत भ्रमणमा जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको बताए।  नेपाल र नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा मेरो मुख्य रूपमा भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरूसँग कुरा हुने उनल

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश सचिव […]

मन्त्री आले भारत प्रस्थान

काठमाडौं, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारत प्स्थान गरेका छन् । भारत सरकारले आयोजना गरेको पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री आल भारत गएका हुन् । तस्बिरः विमलबहादुर विष्ट÷रासस

नयाँ यात्राको सुरुवात गर्दै भारत

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत पहिलो आज हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : १५ मा जयपुरमा सुरुहुनेछ । भारत र न्युजिल्यान्ड दुबै पहिलो खेलमा जितका साथ सिरिजमा अग्रता लिने सोचमा छन् । यसै साता सम्पन्न टि२० विश्वकपमा सानदार प्रदर्शनका साथ फाइनल खेलेको न्युजिल्यान्ड उच्च मनोबलका साथ मैदान उत्रनेछ […]

भारत विश्वकपबाट बाहिरियो

भारत आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ । एक खेल बाँकी छँदै भारत प्रतियोगिताबाट बाहिरिएको हो । सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई आइतबार ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड भने सेमिफाइनलमा...

भारत पकड गुमाउँदै

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलको दोस्रो दिन वर्षाले प्रभावित भएको छ । भारत दोस्रो दिन ४६.४ ओभरमा १२५-४ को अवस्थामा खेल सकिएको छ । भारत समग्रमा पहिलो इनिङमा ५८ रनले पछि परेको छ । लगातार वर्षाको कारण खेल दोस्रो दिन ३३.४ ओभर मात्र सम्भव भयो । ओपनर लोकेश राहुल (केएल) १ सय […]

कञ्चनपुरबाट भारत जान प्रतिबन्ध

कञ्चनपुर। बढ्दो कोरोना महामारीका कारण गड्डाचौकी नाकाबाट भारत जान रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारत जान रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकको कामका लागि भारत जान रोक लगाइएको बताए। सीमावर्ती बनबासा, टनकपुर, खटिमा लगायतका शहर कञ्चनपुरबासीका किनमेलको गन्तव्य स्थल हो।