काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तीनदिने भारत भ्रमणले आफू उत्साहित रहेको बताएका छन्।शुक्रबार भारत भ्रमणमा जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको बताए। नेपाल र नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा मेरो मुख्य रूपमा भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरूसँग कुरा हुने उनल