प्रयोग नै नगरेको विद्युतको वक्यौता बाँकी भन्दै बिल पठाएपछि...

प्रयोग नै नगरेको बिजुलीको वक्यौता बाँकी रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिल पठाएपछि उद्योगीहरू तनावमा छन् ।  हरेक वर्ष जरिवाना लगायत शीर्षकमा ३० प्रतिशत जोडेर बिल आउन थालेपछि आफूहरू आतंकित बनेको उद्योगीहरूको गुनासो छ ।  नेपाल धागो उत्पादक संघ अध्यक्षसमेत रहेका रिलायन्स स्पिनिङ्ग मिल्स अध्यक्ष पवन गोल्यानले विद्युत प्राधिकरणले वर्षैपिच्छे बिल पठाउने तर, विशेष बिजुली प्रयोग गरेको प्रमाण भने दिन नसकेको बताए ।  कुलमान किन देख्दैनन् आफैंले जारी गरेको सूचना विद्युत् प्राधिकरणले २०७२ माघ १० गते सूच...

सम्बन्धित सामग्री

नेपालको अहिलेसम्मको उच्च विद्युत माग १७४८ मेगावाट, प्रतिव्यक्ति कति खपत भयो?

काठमाडौं : नेपालको अहिलेसम्मको उच्च विद्युत माग (पिक डिमाण्ड) १७४८ मेगावाट पुगेको पाइएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार अहिलेसम्म विद्युतको उच्च माग १७४८ मेगावाट रेकर्ड भएको हो। गएको जाडोमा घरायसी सामानहरुको प्रयोग बढ्दा विद्युतको माग बढेर १७४८ मेगावाट पुगेको थियो। जडित क्षमता २४३० मेगावाट पुगेको छ। विद्युतको कुल माग ११०६४…

विद्युतीय चुल्होको प्रयोग बढाउन विज्ञको सुझाव

काठमाडौँ – नेपालीको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहान गर्नुपर्ने विज्ञले जोड दिएका छन्। एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ। नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) […]

विद्युतको अनलाइन भुक्तानी सुरु

जुम्ला-नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले विद्युत महसुलको अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । माघ २४ गते सूचना जारी गर्दै प्राधिकरणले जुम्लामा औपचारिक रूपमा विद्युतको महसुल अनलाइनबाटै भुक्तानी सेवा सुरु गरेको हो ।बढ्दो प्रविधिको उच्चतम प्रयोग गर्दै बिल तिर्न कार्यालयमै पुग्नुपर्ने बाध्यताबाट छुट्करा दिलाउन विद्युत महसुलको अनलाइन भुक्तानी सेवा सुरु गरिएको विद्युत प्राधिकरण वितरण […]

विद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना खोल्नु पर्छ : मन्त्री भुषाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छिन् । कृषी मन्त्रालयमा सोमबार भएको छलफलमा उनले दीर्घकालिन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताएकी हुन् ।उनले भनिन्, “देशभित्र ऊर्जाको रुपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुपुपर्छ ।” लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले भनिन् , “हामी देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यहीभित्र नाफा, व्यापार खोजौँ । मेरो विनम्र आग्रह छ ।”जलविद्युत प्रयोग गरेर मलकारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “हामी आवश्यकताअनुसारको विद्युत उपलब्ध गराउन तयार छौँ । जलविद्युत आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत दिन तयार छौँ ।” ऊर्जाकै कारणले मल उत्पादनमा लागत महङ्गो हुने स्थिती आउन नदिने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, “ऊर्जाकै कारणले महङ्गो हुने स्थिती आउँदैन त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ ।”डलर खरिद गरेर ल्याएको ग्यासभन्दा देशभित्र उत्पादन भएको स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, “हामीले तत्कालको लागत मात्र हिसाब गरेर ग्यासबाट उद्योग स्थापना गर्ने निर्णयमा पुग्नु अगाडि भावि पुस्ता, दीगो विकास लक्ष्य, विश्व सामु हामीले गरेका प्रतिवद्धतालाई समेत गहिरो ढङ्गले सोच्नुपर्छ ।” देशको आर्थिक विकासका लागि लगानी बोर्ड स्थापना भएको स्मरण गर्दै उनले सम्पूर्ण विश्व नै नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउँदै पेट्रोलियम पदार्थको कटौतीमा लागिरहेको अवस्थामा स्वच्छ ऊर्जा विद्युतलाई बाइपास गरेर अरु देशहरुले निरुत्साहित गरेको प्रविधिमा हामी जान नहुने बताउँदै त्यसतर्फ लगानी बोर्ड गम्भीर हुनुपर्ने बताईन् ।कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मल खादमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै मल अभावको राष्ट्रिय समस्यालाई हल गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए। उनले विद्युत उत्पादनबाटै मल उत्पादन भयो भने आत्मनिर्भर हुने बताउँदै लागतको विषयमा पनि छलफल गर्नुपर्ने बताए । उनले भने, “सातवटै प्रदेशमा मल कारखाना स्थापना गर्ने गरी सोच्नुपर्छ, प्रत्येक प्रदेशमा दुई लाख मेट्रिक टन क्षमताको कारखाना स्थापना गर्नेगरी अगाडि बढ्नुपर्छ ।” उनले चाँडोभन्दा चाँडो नेपालमा मल कारखाना स्थापना गरेर कृषकलाई आश्वत तुल्याउनुपर्नेमा जोड दिए ।त्यस अवसरमा नेपालका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्य सुरक्षाको लागि पनि मख कारखाना स्थापना महत्पूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताए। उनले भने, “दूरगामी हिसाबले पनि जलविद्युत नै प्रयोग गरेर मल उत्पादन गर्नुपर्छ, भविस्यका लागि पनि यो नै उपयुक्त हुन्छ ।”नेपालमै मलकारखाना स्थापना गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डसहित सरोकार पक्षको सहभागिता थियो।

विद्युतको खपत बढाउन ऊर्जामन्त्री भुसालको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन् । मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरिन् ।शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउन पनि सबै क्षेत्रलाई आग्रह

व्यापार घाटा कमगर्न विद्युतको प्रयोग आवश्यक : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छिन् ।मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थमन्त्रीलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरणसहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि पनि अव सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने बताइन् ।शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन ¥यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी […]

प्रयोग नै नगरेको विद्युतको वक्यौता बाँकी भन्दै बिल पठाएपछि...

प्रयोग नै नगरेको बिजुलीको वक्यौता बाँकी रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिल पठाएपछि उद्योगीहरू तनावमा छन् ।  हरेक वर्ष जरिवाना लगायत शीर्षकमा ३० प्रतिशत जोडेर बिल आउन थालेपछि आफूहरू आतंकित बनेको उद्योगीहरूको गुनासो छ ।  नेपाल धागो उत्पादक संघ अध्यक्षसमेत रहेका रिलायन्स स्पिनिङ्ग मिल्स अध्यक्ष पवन गोल्यानले विद्युत प्राधिकरणले वर्षैपिच्छे बिल पठाउने तर, विशेष बिजुली प्रयोग गरेको प्रमाण भने दिन नसकेको बताए ।  कुलमान किन देख्दैनन् आफैंले जारी गरेको सूचना विद्युत् प्राधिकरणले २०७२ माघ १० गते सूच...

उपभोग नै नगरेको विद्युतको प्राधिकरणले शुल्क माग्यो : गोल्यान

निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणले आफूहरूले उपयोग नै नगरेको विद्युतको शुल्क मागेको भन्दै आपत्ति जनाएका छन् । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापतको शुल्क मागिरहेको तर आफूहरूले सो सेवा प्रयोग नै गर्न नपाएको उद्योगी व्यवसायीहरूको गुनासो छ । प्रतिष्ठित उद्यमी पवन गोल्यान अध्यक्ष रहेको नेपाल धागो उत्पादक संघले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै न्यायको पक्षमा बोल्नका लागि सञ्चारकर्मीहरूलाई समेत आग्रह गरेको छ ।  अध्यक्ष गोल्यानले प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको व्यवस्था गरेको ...