निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणले आफूहरूले उपयोग नै नगरेको विद्युतको शुल्क मागेको भन्दै आपत्ति जनाएका छन् ।
प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापतको शुल्क मागिरहेको तर आफूहरूले सो सेवा प्रयोग नै गर्न नपाएको उद्योगी व्यवसायीहरूको गुनासो छ ।
प्रतिष्ठित उद्यमी पवन गोल्यान अध्यक्ष रहेको नेपाल धागो उत्पादक संघले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै न्यायको पक्षमा बोल्नका लागि सञ्चारकर्मीहरूलाई समेत आग्रह गरेको छ ।
अध्यक्ष गोल्यानले प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको व्यवस्था गरेको ...