गलकोट : लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबालीमा क्षति पुर्याएको छ। निरन्तरको वर्षाका कारण हावाहुरीले ढालेर पानीले भिजाएर धानमा क्षति पुगेको हो। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार केही स्थानमा धान ढलेको छ यो वर्ष धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। ‘हामीले सबै पालिकामा लगातारको वर्षाले पुर् याएको क्षतिको विवरण संकलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ’, उनले भने, ‘हालसम्म निसीख