बेमौसमी वर्षाले पु-याएको क्षतिको राहतका लागि १० करोड

दाङ-बेमौसमी वर्षाले धान क्षति पु-याएका कृषकलाई राहतका लागि जिल्लामा १० करोड बजेट आएको छ ।जिल्ला प्रशासन कार्यालय दाङको नाममा उक्त रकम आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए । कृषकको धान बालीमा क्षति पुगेको लामो समय पछि संघीय सरकारले राहत रकम पठाएको हो ।उक्त रकम कृषि बालीमा क्षति पुगेका […]

सम्बन्धित सामग्री

कृषि बीमाका ८ वर्ष : सरकारले अर्बौं खर्चियो, छैन आकर्षण

सरकारले यति ठूलो रकम खर्चिदा किसानले कति पाए त ? बीमा समितिका अनुसार कृषि बीमावापत किसानले कुल १० करोड ४० लाख ४७ हजार १७४ रुपैयाँ दावी भुक्तानी पाएका छन् । पशुपन्छी बीमासमेत जोड्दा यो अवधिमा किसानको जम्मा ६४ करोड ९३ लाख ९ हजार ८४५ रुपैयाँ दाबी परेको छ । अर्थात सरकारले गरेको लगानीको एक चौथाइ पनि किसानले पाएका छैनन् ।

दाङका कृषकलाई १० करोड राहत

काठमाडौं । दाङ जिल्लामा बेमौसमी वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका किसानको राहतका लागि १० करोड बजेट गएको छ । जिल्ला प्रशासन कार्यालय दाङको नाममा सो बजेट आएको हो । क्षति भएको लामो समयपछि संघीय सरकारले सो रकम पठाएको हो । गत आखिरी र कात्तिको पहिलो साता भएको बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रुपैँया […]

दाङमा धानबालीमा क्षति बेहाेरेका किसानका लागि १० करोड निकासा

विजन१२ फागुन, दाङ । दाङमा बेमौसमी वर्षाले धानबालीमा क्षती बेहोरेका पीडित किसानलाई राहत स्वरुप १० करोड रुपैयाँ निकासा भएको छ । गत असाेज अन्तिम र कात्तिक पहिलाे साता आएकाे वर्षाले दाङमा करिब ३५ करोड मूल्य बराबरको …

बेमौसमी वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प

कात्तिक ८, विराटनगर । कात्तिक महीनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जानकारी दिएको छ ।  यही कात्तिक १ र २ गते परेको अविरल वर्षाबाट नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था नरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए । उनले सुनसरीको चतरादेखि मोरङसम्म ५३ किमी लम्बाइ रहेको चतरामूल नहरको २० शाखामा १४ ओटा स्थान फुटेको बताए । अब आउने गहुँको मौसम र तत्कालै शुरु हुने छठ पर्वका निम्ति पनि नहर सञ्चालन गर्न सकिने अवस्था नरहेको र नहरलाई तत्काल सञ्चालन गर्न रू. पाँच करोड भन्दा बढी रकम आवश्यक पर्ने प्रमुख यादवले बताए । अविरल वर्षाले मूल नहरकै चार ठाउँ सुनसरीको झुम्कादेखि पश्चिम ६५, ६३, सुनसरीको खनारस्थित ११४ र बडहरास्थित १२८ आरडी नराम्रो गरी भत्किएको छ ।  यो पूर्णरुपमा निर्माण गर्न रू. १० करोड भन्दा बढी लाग्ने छ । त्यस्तै तत्काल पानी सञ्चालन गर्ने अवस्थाको बनाउन रू. पाँच करोडको लागत लाग्ने प्रारम्भिक अनुमान रहेको इञ्जिनियर रामकुमार चौधरीले जानकारी दिए । नहरको अवस्थाका बारेमा आयोजना प्रमुख यादवले भर्खरै बाढी प्रभावित क्षेत्र अवलोकन एवम् निरीक्षण गर्न आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत जानकारी गराइसकिएको छ ।  किसानलाई राहत एवम् कृषि कार्य सहज बनाउन नहर मर्मतसम्भारको विकल्प नरहेको आयोजना प्रमुख यादवको भनाइ छ । सन् १९७० मा निर्माण सम्पन्न भएको सो नहरका सबै संरचना विस्तारै जीर्ण हुँदै गएकोले यो संरचनालाई जोगाउन र किसानलाई खेती गर्नबाट वञ्चित हुन नदिन वृहत योजनाको आवश्यकता रहेको आयोजनाले जानकारी दिएको छ । रासस