शनिबार बेलुकादेखि परेको अविरल वर्षापछि झरेको पहिरोले सिन्धुपाल्चोकमा ग्रामीण मोटरबाटो र धान बालीमा क्षति पु¥याएको छ । भारी वर्षाले हेलम्बु र मेलम्चीवासी त्रसित छन् ।
हेलम्बु र मेलम्ची क्षेत्रको स–साना खोलामा...
मंसिर १, बैतडी । कात्तिक पहिलो साता परेको अविरल वर्षाले बैतडीमा ठूलो धनजनको क्षति भएको थियो । अहिलेसम्म वर्षातबाट गएको बाढीपहिरोले गरेको क्षतिको पूर्ण विवरण आउन नसक्दा राहतमा ढिलाइ भएको छ ।
पहिरोले चार जनाको मृत्य भएको थियो भने करोडौको भौतिक संरचना, अन्नबाली लगायतका क्षेत्रमा क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा ६ स्थानीय तहले मात्र क्षतिको विवरण पठाएका छन् । अझै चार स्थानीयतहको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।
विवरण नपठाउनेमा गाउँपालिकामा डिलाशैनी र पञ्चेश्वर छन् भने नगरपालिकामा मेलौली र पूर्चौडी रहेका छन् । वर्षातले बाटो अबरुद्ध भएकोले समयमा जनधनको क्षति भए पनि जिल्ला विपत व्यवस्थापनको टोली घटनास्थलमा पुग्न सकेको थिएन । टोली आफै घटनास्थलसम्म नपुग्दा क्षतिको विवरण संकलनमा स्थानीय तह र प्रहरीको भर पर्नु परेको हो ।
संकलन नभएका स्थानीय तहको विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ‘प्रहरीको मुचुल्का सहतिको विवरण माग गरेका छौँ’ उनले भने ।
महीना दिन हुन लाग्दा पनि कुनै राहत नपाएको पञ्चेश्वर २ का बाढि पीडित हरि चन्दले बताए । क्षतिको विवरण संकलन भएका स्थानीय तहमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै झोलुंगे पुल, विद्यालय, सिँचाइ आयोजना, सडक र स्थानियले उत्पादन गर्ने खेतमा क्षति पुगेको छ ।
यस्तै, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाबाट संकलन गरेको तथ्यांक अनुसार १ हजार ३८० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको छ ।
विवरण संकलन भएका ६ ओटै स्थानीय तहमा वर्षातले १ हजार १४० हेक्टर क्षेत्रफलमा १ करोड २३ लाख मूल्य बराबरको अन्नबाली र तरकारीमा क्षति गरेको छ ।
सबैभन्दा बढि जिल्लाको सिगास गाउँपालिकामा क्षति भएको छ । सिगासमा मात्रै १ हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति पुगेको छ भने अरु स्थानीय तहमा यो भन्दा कम रहेको विवरणमा उल्लेख गरिएको छ ।
जिल्लाको शिवनाथमा एकै परिवारका तीन र सूर्नया गाउँपालिकामा एकजनाको मृत्यु भएको थियो । अहिले घरमा क्षति भएकाहरु आफन्तको घरमा बसेका छन भने आंशिक घर क्षति भएकाहरु त्यहि घरमा बसिरहेका छन् । आधाजतिले धान भित्र्याइ सकेकाले पनि बालीको कम क्षति भएको स्थानीयतहले बताएका छन् ।
नेपालको प्रमुख खाद्यान्न बाली धान स्याहार्ने बेलामा परेको वर्षाका कारण यस वर्ष नेपालका अधिकांश जिल्लामा धान बालीमा नोक्सान पुगेको छ । तराईका जिल्लामा कतिपय ठाउँमा काटेर खेतमा सुकाएको धान पानीले भिजेर उम्रिन थालेको छ भने नकाटेको धान पनि ढलेको छ । मनसुन सकिएपछि परेको वर्षाले पहाडी जिल्लामा पनि धान बालीमा क्षति पुगेको छ ।
कात्तिक महिनामा आएको बाढी पहिरोका कारण सयजना भन्दा बढीको ज्यान गइसकेको छ । बाढी पहिरोले सुदूरपश्चिम र पूर्वी नेपाललाई बढी प्रभावित बनाएको छ । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्र...
फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ । एक हजार ३७ रोपनी क्षेत्रफलमा लगाइएको धान, कोदो, मकै, अदुवा, अलैँचीलगायतका बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमल तिवारीले जानकारी दिए । यहाँका करीब…