नेकपा (एकीकृत समाजवादी) को भ्रातृसंगठन– अनेरास्ववियुले भारतले अतिक्रमण गरेको दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कालापानी क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल वैकल्पिक व्यवस्थाबाट जनगणना गर्न माग गरेका हुन् ।विज्ञप्तिमा जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि सुरक्षा चुनौती भएकोले सरकारले तत्काल द्विपक्षीय कुटनीतिक वार्ता