काठमाडौं। एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालको भूभाग रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरामा किन जनगणना नभएको भन्दै प्रश्न उठाएका छन्। आईतवारको प्रतिनिधिसभाको बैठकमा २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै जवाफ मागेका छन् ।