काठमाण्डाै - अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज बुधवार विज्ञप्ति जारी गर्दै चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारिका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गर्नुभयो ।
विज्ञप्तिमा भनिएको छ, जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कुटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगण...