काठमाण्डौ – कतारको दोहामा जुन दिन विश्वकप फुटबलको अन्तिम सिट्ठी बज्दै थियो, त्यही दिन (१८ डिसेम्बर) संसारभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै थियो । तर, विश्वकप जितहारको उन्मादमा त्यो रङ्गशाला बनाउँदा मरेका, अङ्गभङ्ग भएका र शोकले तप्त नेपाली श्रमिकको परिवारलाई कसैले सम्झेनन् ।
अर्जेन्टिनाका आँखामा खुसीको आँसु उम्लिदा दोहाका रङ्गशाला निर्माण गर्दा रगत र पसिना बगाएका नेपाली श्रमिक परिवारका आँखामा भने नुनिलो आँसुको भल बग्दै थियो ।
फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जित्यो । लुसेल...