काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। हाजिरीको विषयमा विवाद भएपछि बैठक स्थगित भएको हो।
बैठकको सुरुमै अध्यक्ष पंकज नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए चर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्षले बैठक स्थगित गरेको स्रोतको भनाई छ।