५ साउन, काठमाडौं । हाजिरीको विषयमा विवाद भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । बैठकको सुरुआतमै अध्यक्ष पंकज नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए । तर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्षले बैठक स्थगित गरेको एक सदस्यले जानकारी दिएका छन् […]