रोल्पा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रोल्पा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । घाइते ३ जनामध्ये माडी गाउँपालिका–६ की १८ वर्षीया लीला पुनको  जिल्ला अस्पताल रोल्पा लैजाने क्रमममा मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।अर्का गम्भीर घाइते सोही स्थानकी २१ वर्षीया बिना घर्तीमगरलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको रानाले जानकारी दिए । अर्की घाइते कञ्चना विकको जिल्ला अस्पताल मै उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।