म्याग्दी : म्याग्दीमा सडक दुर्घटना भयावह बन्दै गएको छ। तीन वर्षको अवधिमा ३७ वटा सवारी दुर्घटना भएका छन् भने ३० जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क छ।हरेक वर्ष दुर्घटनाको संख्या र त्यसमा हुने मानवीय क्षति बढ्दो रहेको तथ्याङ्कमा देखिएको छ। चालु आर्थिक वर्षको मङ्सिर १५ गतेसम्म जिल्लामा ५ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भइसकेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ७ वटा सवारी दुर्घटना भएका थिए भने दुईजनाको ज्यान गएको थियो।त्यसैगरी आ.व. २०७६/०७७ म