बझाङ – बझाङमा आज बुधवार दिउँसाे भएको जीप दुर्घटनामा सात जनाको ज्यान गएको छ । आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकाको केन्द्रका लागि छुटेको जीप दुर्घटनामा अरू १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।ज्यान गुमाउनेहरूमा मष्टा गाउँपालिका वडा नम्बर २ की १३ वर्षकी सम्झना खड्का, २५ वर्षका रोशन खड्का, ११ वर्षका प्रचण्ड ...