पर्वत : काठमाडौं महानगरपालिकाले ‘अन्डरग्राउण्ड’ लाई ‘पार्किङ’ बनाउने अभियान चलाइरहेका बेला त्यो अभियानले काठमाडौँ उपत्यका बाहिरका शहरमा पनि स्थान पायो। स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिले धमाधम काम गर्दा राजनीतिक दलबाट निर्वाचित भएकाहरूलाई दबाबमा राख्यो। काठमाडौं जस्तै कास्कीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि अन्डरग्राउण्डलाई ‘पार्किङ’ बनाउने अभियानमा लागिरहेका छन्। पोखरा महानगरपालिकाले गत भदौ १३ गते सूचना प्रकाशन गरेर ‘अण्डरग्