पोखरा महानगरपालिका–१२ ले ल्यायो मोबाइल एप

कास्की । पोखरा महानगरपालिका–१२ ले नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याएको छ । नागरिकलाई घरबाटै सेवा लिन सक्ने बनाउन मोबाइल एप सञ्चालनमा ल्याइएको हो । नागरिकलाई प्रविधियुक्त सेवा दिने उद्देश्यले तयार पारिएको मोबाइल एप बुधवार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक गरेका हुन् । उक्त एपबाट इन्टरनेटको पहुँच भएका वडावासीले जन्मदर्ता, विवाहदर्ता र नाता प्रमाणितको सेवा लिन सक्छन् । एपमा जनप्रतिनिधिलाई गुनासो गर्न मिल्ने सुविधा समेत छ । नागरिकले प्राप्त गर्ने सेवा सहज बनाउँदै घरबाटै सेवा लिने कार्यको शुरुआत गर्ने प्रयासस्वरूप मोबाइल एपको विकास गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘नागरिकले सहज रूपमा घरबाटै सेवा प्राप्त गर्नेगरी एप तयार पारेका छौं । यो सार्वजनिक भएसँगै नागरिकले घरबाटै सेवाको उपयोग गर्नेछन् ।’ उनका अनुसार मोबाइल एपमार्फत वडाका सेवाबारे जानकारी दिइनेछ । मोबाइल एप परिमार्जन गर्दै छात्रवृत्तिका लागि आवेदन दिन र घरबाटै कर तिर्न सकिने व्यवस्था गरिने बताइएको छ ।

सम्बन्धित सामग्री

मिडाससँगको सहकार्यमा धुलिखेल अस्पतालले ल्यायो ‘मोबाइल एप’

काठमाडौं । मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले ‘मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्ट प्राप्त गर्न सक्ने बताइएको छ । यसले बिरामीलाई अस्पताल आउने, लाइनमा बस्नुपर्ने लगायत झन्झट हटाई समयको बचत हुने अपेक्षा गरिएको छ । एपमार्फत स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रूपमा अस्पताल टिकट बुक गर्न र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिनेछ । सूचना प्रविधिको उपयोग बढाएर स्वास्थ्य सेवाको आधुनिकीकरण तथा सुधार गर्न मिडास अस्पतालका लागि भरपर्दो साझेदार रहेको बताइएको छ ।

छिमेक लघुवित्तले सञ्चालनमा ल्यायो भुक्तानी एप

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंकिङ मोबाइल एप  सञ्चालनमा ल्याएको छ ।

महालक्ष्मी बैंकले ल्यायो ‘महालक्ष्मी बैंक २–३–४ को जादु’ योजना

काठमाडौं : महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरुका लागि ‘महालक्ष्मी बैंक २–३–४ को जादु’ योजना सार्वजनिक गरेको छ।यस योजना अन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन्।महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजना १ नोभेम्बर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म ला

ग्लोबल आईएमई बैंकले ल्यायो नेपाल आइडलमा भोटिङ गर्न सकिने मोबाइल एप

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाल आइडलमा भोटिङ गर्न सकिने मोबाइल एप ल्याएको छ । बैंकका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का मनपर्ने प्रतियोगीहरुलाई ‘ग्लोबल स्मार्ट प्लस’ एप प्रयोग गरी भोट गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी एप […]

ट्याक्सी बुक गर्न इक्याब नेपालले ल्यायो 'लोयल्टी'सहितको मोबाइल एप सेवा

काठमाडौं : नेपाली यात्रुहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न इक्याब नेपालले सेवा सुरु गरेको छ। सेवाग्राहीले डिजिटल माध्यमबाट पनि भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ। मोबाइल एपबाट प्रयोगकर्ताले आफ्नै लागि मात्र नभई आफ्ना आफन्त तथा साथीभाइको लागि समेत सवारी बुकिङ गर्न सक्नेछन्। भविष्यका लागि…

कांग्रेसले ल्यायो मोबाइल एप

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेको छ । उद्घाटन समारोहमा ‘नेपाली कांग्रेस’ नामक मोबाइल एप सार्वजनिक गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले उक्त एपको उद्घाटन गरेका हुन् । एपमा क्रियशिल सदस्यता, डिजीटल भोटिङ् लगायतका सेवा सुविधा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । एप एप्पल र […]

हाम्रो पात्रोले ल्यायो ‘हाम्रो पात्रो हेल्थ’

काठमाडौँ– मोबाइल एप हाम्रो पात्रोले ‘हाम्रो पात्रो हेल्थ’ (टेली मेडिसिन) को नयाँ सुविधा ल्याएको छ । यो सेवा अनुसार घरबाटै मेडिकल काउन्सिलमा आवद्ध चिकित्सकहरुसँग अडियो–भिडियो कल गर्न सक्ने छन् । यो सुविधाले टेली मेडिसिनको काम गर्नेछ । घरमै बसेर चिकित्सकसँग सल्लाह र सुझाव लिन पाइने भएकाले प्रयोगकर्ताहरुको समयकोसमेत बचत हुनेछ ।

सम्पुर्ण जानकारी पाइने नेपाल राष्ट्र बैंकले ल्यायो मोबाइल एप

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले मोबाइल एपको शुभारम्भ गरेकी हुन् । उक्त एपबाट वेबसाइटमा राखिएका नियमित सुचना, जानकारी, विदेशी विनिमयदर अध्ययन प्रतिवेदन, तथ्यांक लगायतका सामाग्रीहरुको बारेमा जानकारी दिइने बैंकले जनाएको छ । एप हाल ‘बेटा भर्सन’ मा उपलब्ध […]

एनएलजीले ल्यायो बीमाको जानकारी दिने मोबाइल एप

प्राविधिको प्रयोगलाई बढाएर ग्राहकलाई सुलभ सेवा दिने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनीले मोबाइल एप संचालनमा ल्याएको छ। यस मोबाइल एपबाट बीमाको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। मोबाइल एप मार्फत ग्राहकले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क गणना गर्नुका साथै विभिन्न प्रकारका बीमा लेखहरुका बारेमा जानकारी प्राप्त गर्न सक्ने छन्। बीमा लेखले गर्ने जोखिम…