नवनियुक्त उद्योगमन्त्रीलाई भेटेर परिसंघले सुनायो निजि क्षेत्रको समस्या

नेपाल उद्योग परिसंघले विद्यमान आर्थिक समस्या समाधानका लागि गम्भीर पहल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुसमक्ष आग्रह गरेको छ । पछिल्लो समयमा निजी क्षेत्रले गम्भीर समस्याको सामना गरिरहनु परेको भन्दै परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन हालका समस्या समाधानतर्फ उद्योग मन्त्रीसमक्ष आग्रह गरेको हो । भेटमा परिसंघका कार्यबाहक अध्यक्ष राजेशकुमार अग्रवालले नियमनकारी निकायहरूबाट नियन्त्रणमुखी नीति जारी गर्दै आर्थिक गतिविधि संकुचित गर्ने काम भइरहेको भन्दै यसले अर्थतन्त्रमा थप जटिलता सिर्जना गर्नेतर्फ सचेत रहन आग्रह गरे । उनले निजी क्षेत्रले तरलता अभाव, उच्च ब्याजदर, चालु पुँजी कर्जाको समस्या, वैदेशिक व्यापारमा नियन्त्रणको समस्या ब्यहोरिरहेको जानकारी गराए । नेपाल राष्ट्र बैंकले वस्तु आयातमा नियन्त्रण गर्दा बजारमा नकारात्मक असर पर्नेतर्फ सचेत हुन पनि परिसंघले आग्रह गरेको छ । आयात बन्द हुँदा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि जस्ता समस्या सिर्जना गराउन सक्ने भएकाले सचेत रहन परिसंघले आग्रह गरेको हो । उपाध्यक्ष अग्रवालले नेपालको औद्योगीकरणमार्फत उत्पादन वृद्धि गर्नुपर्ने आजको आवश्यकता रहको भन्दै त्यसका लागि परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको जानकारी गराए। उनले यस अभियानको मुख्य उद्देश्य नेपालको औद्योगीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि र नेपाली वस्तुको उपभोग अभिवृद्धिमा जोड दिनु रहेको बताए । भेटका क्रममा नवनियुक्त मन्त्री बडुले महत्वपूर्ण आर्थिक मुद्दाहरूमा सम्पूर्ण सरोकारवालाहरू एकै ठाउँमा हुनुपर्ने बताए । नेपाल उद्योग परिसंघसँगको भेटमा मन्त्री बडुले अर्थतन्त्रको विषयमा नियमनकारी निकायहरू अलगअलग बाटो हिँड्न खोज्दा समस्या बढ्ने भन्दै सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।‘हामीले अहिलेदेखि नै सामूहिक प्रयास नगर्ने हो भने अर्थतन्त्रमा समस्या आउन सक्छ,’ उनले भने, ‘अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंकसहित सबै निकायहरू एकै ठाउँमा हुनुपर्छ । निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ्छौँ ।’ मन्त्री बडुले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने उल्लेख गरे । ‘अर्थतन्त्र निजी क्षेत्रले चलायमान बनाउने हो, सरकारको भूमिका तपाईंहरूका लागि सहजीकरण गरिदिने हो,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माणका लागि निजी क्षेत्रलाई के आवश्यक छ हामीलाई जानकारी दिनुस्, सहयोग गर्न तयार छौँ ।’  रिक्त उद्योगमन्त्री पदमा विहीबार बडुको नियुक्ती भएको थियो ।

सम्बन्धित सामग्री

अब जनताको सपना पूरा गर्न लाग्छुः नवनियुक्त मन्त्री

काठमाडौं, १२ पुस । नवनियुक्त बिना विभागीय मन्त्री ज्वालाकुमारी साहले उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाएकी छन् । ‘मुलुकमा आर्थिक संकटको धराप छ । स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वााधारको समस्या छ । अब मुलुकलाई सही दिशामा अगाडि बढाउनुपर्ने चुनौती थपिएको छ । म मन्त्री बन्ने सपनाभन्दा पनि जनताको सपना पूरा गर्न लाग्छु । जनताको सेवक […]

अर्थतन्त्रको चुनौतिलाई समाधान गर्छु : नवनियुक्त अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको मुलुकको अर्थतन्त्रको चुनौतिलाई समाधान गर्ने बताउनुभएको छ । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले चुनौतिको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकावालाहरु सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले चुनौतिपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा […]

यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने यातायात व्यवसायी महासङ्घको विश्वास

काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने विश्वास लिएको छ । महासङ्घले आज नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तिहाक राईलाई भेटेर कार्यकाल सफलताको शुभकामना दिँदै यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधान हुने विश्वास लिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा गएको यातायात व्यवसायीको टोलीले नवनियुक्त मन्त्रीको कार्यकालमा समग्र […]

शेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रीकाे निर्देशन

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाइ पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नुभएको छ । आज बुधवार अर्थ मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर अहिले पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नुभएको हो । छलफलमा बोल्दै अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शेयर बजारमा देखिएकाे समस्या समाधान गर्न एउटा...

‘भारतको बिहारमा क्षतिग्रस्त मीरगञ्ज पुलको समस्या निराकरण हुन्छ’

मोरङ – मोरङ व्यापार संघका नवनियुक्त अध्यक्ष नवीन रिजालले भारतको बिहारमा क्षतिग्रस्त मीरगञ्ज पुलको समस्या निराकरणमा पहल गर्ने बताएका छन्। संघको सभा हलमा बिहीबार आयोजित ३३औं कार्यसमितिबाट निर्वाचित पदाधिकारीको पदस्थापनका क्रममा अध्यक्ष रिजालले पूर्वका उद्योगीका लागि मीरगञ्जको पुल समस्या भएको र त्यसको निराकरणमा लाग्ने बताएका हुन्। पुलको समस्या धेरै भएको हँुदा अब सधैँका लागि सुचारु […]

शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न लागिपर्छु : नवनियुक्त मन्त्री पौडेल

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । शुक्रवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका हुन् ।उनले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्ने बताए । उनले भने, ‘शिक्षाका समस्याहरु छन् । शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्

पत्रकारका समस्या सम्बोधन गर्ने मन्त्री थापाको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पत्रकारका आम समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारलाई सरकारका कमजोरी औल्याउन आग्रह गरेकी छन् । मन्त्री थापाले सत्यतथ्य सूचनामा ध्यान दिएर समाचार प्रवाह गर्न पनि पत्रकारलाई आग्रह गर्दै पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तत्काल पहल गर्ने बताइन्। नेपाल पत्रकार महासङ्घको प्रमण्डलसँग मन्त्री थापाले खोप लगाउन […]

बै‌कर्स संघका पदाधिकारी र नवनियुक्त डेपुटी गभर्नरद्वयबीच भेटवार्ता

नेपाल बैंकर्स संघका पदाधिकारीहरूले नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरुसँग औपचारिक भेटघाट गरेका छन् ।   संघका अध्यक्ष भुवन दाहालको नेतृत्वमा गएको टोलीले दुबै डेपुटी गभर्नरलाई भेटेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले लोकान्तरलाई जानकारी दिए ।  भेटमा कुनै पनि समस्या व्यक्त नगरिएको उनले बताए । उनले भने,‘पहिलो भेट हो, हामीले बधाई तथा शुभकामना ज्ञापन गर्‍यौं, अन्य बैंकिङ समस्याहरू भने राखेनौँ ।’  अघिल्लो साता सरकारले डेपुटी गभर्नरमा डा. निलम ढुङ्गाना तिम्सिना र ब...