काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर पुँजी बजारमा देखिएका समस्यामाथि छलफल गरेका छन्। उनले बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका प्रमुखलाई बोलाएर पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याबारे छलफल गरेका हुन्।छलफलमा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए। उनले पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानका लागि पुँजी बजार नियमनकारी निकायका