काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाइ पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नुभएको छ । आज बुधवार अर्थ मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर अहिले पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नुभएको हो ।
छलफलमा बोल्दै अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शेयर बजारमा देखिएकाे समस्या समाधान गर्न एउटा...