धनकुटामा समेत बढ्दै चुनावी सरगर्मी

राणा शासनकालदेखि गणतन्त्रको केही समयसम्म पूर्वको प्रशासनिक केन्द्र रहेको धनकुटामा समेत मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सरगर्मी बढेको छ । मनोनयन दर्ता र चुनाव चिन्ह प्राप्त गरे सँगै दल तथा स्वतन्त्र उम्मेदवारहरू कार्यकर्ता भेटघाट, भ्रातृ तथा शुभेक्षुक संगठनहरूको भेला गराउन तथा गाउँघर पुग्न थालेका छन् । धनकुटामा प्रतिनिधिसभाका लागि गठबन्धनबाट नेपाली कांग्रेसका […]

सम्बन्धित सामग्री

नवलपुर-२ : दोस्रो पटक आमनेसामने भए कार्की र महत, को बलियो ?

नवलपरासी - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति नजिकिँदै जाँदा दलहरूले आफ्ना गतिविधिलाई तीव्रता दिँदै गएका छन् । उम्मेदवारहरू घरदैलोसहित मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् । दुई वटा सङ्घीय निर्वाचन क्षेत्र र चार वटा प्रदेश निर्वाचन क्षेत्र  रहेको नवलपरासी पूर्व नवलपुरमा समेत चुनावी सरगर्मी बढ्दै गएको छ । यहाँका दुवै निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ मा  दोस्रो पटक दुई मुख्य प्रतिस्पर्धी आमनेसामने भएका छन् । गठबन्धन...

कपिलवस्तुका प्रदेश सभाका उम्मेदवारहरु भाेट माग्न व्यस्त

कपिलवस्तु । कपिलवस्तुमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावी महोल निकै तातिरहेको छ । कपिलवस्तुको चोक चौराहमा पनि चुनावी सरगर्मी बढेको हाे । चुनावी माहोल बढ्दै गएपछि छरछिमेक, टोल, चिया पसल र मेला जताततै उम्मेदवारहरुकै चर्चा सुरु भएको छ । यस पटक कसले जित्ला भन्ने अड्कलबाजी समेत सुरु भइसकेको छ । विभिन्न […]

काठमाडौं-१ मा शोभित उप्रेतीको पल्लाभारी

काठमाडौं, २२ साउन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन हुने भएको छ भने अधिकांश नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन । मुलुककै राजधानी काठमाडौंमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । […]

चुनावी सरगर्मी बढेपछि सडक निर्माण पनि तिव्र

चैत २३, बाँके । चुनावी सरगर्मी बढेसँगै बाँकेमा सडक निर्माणको कामले पनि तिव्रता पाएको छ । २०७३मा चुनाव जितेका जनप्रतिनिधिको कार्यकाल सकिनै  लागेको र आगामी चुनाव पनि नजिक हुँदै गएपछि बाँकेका विभिन्न स्थानीय तहमा विकास निर्माणका कामले पनि तिव्रता पाएको हो । पहिलो कार्यकालको समय सकिनै लागेपछि जनप्रतिनिधिहरुले सडक निर्माण धमाधम गर्न थालेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा सडक निर्माणसँगै अन्य विकासका योजनाको काम धमाधम अघि बढ्ना थालेको छ । वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट विनियोजित ९० लाख रुपैयाँ बजेट बराबरका ७ ओटा पिसिसी सडकको काम अघि बढाएका छन् । उक्त बजेट प्रदेश सरकारबाट विभिन्न सडकका लागि चालु आर्थिक वर्ष २०७८÷०७९मा विनियोजन गरिएको थियो । सो बजेटबाट उपमहानगरपालिकामार्फत ठेक्का भई सडक निर्माणको काम अघि बढाइएको छ । उक्त बजेटबाट शरू गरिएको एउटा पिसिसी ढलान सडकको निर्माण सम्पन्न भइसकेको अध्यक्ष बर्माले बताए ।  उनले आफ्नो कार्यकाल सकिनै लाग्दा वडाभित्र एकैसाथ सात सडक निर्माण शुरू गरेका छन् । वडाको भगवतीटोलमा वडाध्यक्ष बर्माले ३० लाख रुपैयाँ लागतमा आरसिसी नालासहित पिसिसी सडक निर्माण गरिरहेको बताए । उनले भगवती टोलमा २, उज्ज्वलनगर, शिवशक्ति टोल, शिवनगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा १÷१ सडक निर्माणको काम अघि बढाएका छन् । उनले सो बाहेक १३ भित्री सडकको पिसिसी सम्पन्न भएको पनि बताए । गरिब, विपन्न र दलित परिवारका लागि ६५ ओटा पानीका धारा जडान गरेको समेत उनको भनाइ छ । वडाध्यक्ष बर्माले मुस्लिम, सुकुम्वासी र मधेसी समुदायका परिवारलाई १३७ घरेलु सौर्य सोलार जडान गरिएकोसमेत बताए । उपमहानगरपालिकाको वडा नं ६ मा पनि सडक पूर्वाधार लगायतका क्षेत्रमा काम भइरहेको छ । वडा नं ६ का अध्यक्ष समीरप्रताप सिंहले २ लाख ५० हजार रुपैयाँदेखि ३ लाखसम्मका साना सडक निर्माण कार्य भइरहेको जानकारी दिए । सडकमा पिसिसी र ग्राभलिङको काम भइरहेको उनको भनाइ छ । वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले संघीउ सरकारको बजेटमार्फत सडक पूर्वाधार निर्माणको काम भइरहेको बताए । उनले २३ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका तीन सडक कालोपत्र र तीन सडक पिसिसी ढलान हुने कार्य अन्तिम चरणमा पुगेको बताए । रासस

कालीकोटमा बढ्यो स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी

मान्म- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन कालीकोटका राजनीतिक दल सक्रिय भएका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकासहित ८२ वटै वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ । जिल्लाका मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, […]

पोखराको मेयर बन्न केन्द्रीय नेतादेखि सांसदको होडबाजी, ३ महिना अघिदेखि नै दौडधूप

स्थानीय तह निर्वाचन घोषणा भएपछि गण्डकी प्रदेशको राजधानी पोखरामा चुनावी सरगर्मी बढेको छ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बन्न आकांक्षीहरूले जनताको नजिक पुग्ने उपाय खोजिरहेका छन् । देशको पर्यटकीय नगरी पोखराको मेयर बन्नका लागि पूर्व मन्त्रीदेखि पूर्व सांसदहरूले समेत आकांक्षा देखाएका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयर नेकपा एमालेले जितेको थियो । यतिबेला एमाले विरासत जोगाउने कोसिसमा छ भने कांग्रेसले चुनाव जित्ने रणनीति बनाइरहेको छ । ...

बलात्कार आरोपी पति जेलमा, पत्नी चुनावी मैदानमा !

भारतको उत्तर प्रदेशमा चुनावी सरगर्मी बढ्दै गइरहेसँगै राजनीतिक दलहरूले उम्मेदवारको सूची प्रकाशित गरिरहेका छन् । मंगलवार अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (सपा) ले ३९ उम्मेदवारको सूची सार्वजनिक गरेको छ, जसमा बलात्कारको आरोपमा जेलमा रहेका गायत्री प्रजापतिकी पत्नी महराजी प्रजापतिको नाम समेत समावेश छ । सपाले महराजीलाई अमेठी सीटबाट उम्मेदवार बनाएको छ । उनका पति गायत्री बलात्कारको आरोपमा जेलमा रहेका छन् । यस्तै सपाले पूर्व मन्त्री रघुराज प्रताप सिंह ‘राजा भैया’विरुद्ध १५ वर्षपछि उम्मेदवार उतारेको छ । र...

कांग्रेसको चुनावी सरगर्मी बढ्योः ९६ वडाको अधिवेशन असोज ७ मा हुने

कांग्रेसको चौधौ महाधिवेशन नजिकिँदै गर्दा कपिलवस्तुमा पनि चुनावी सरगर्मी बढेको छ। गाउँदेखि शहरसम्म तथा चोक चोकमा रहेका चिया पसलदेखि सरकारी कार्यालयसम्म कांग्रेसकै चुनावको चर्चा चल्ने गरेको छ। क्रियाशील सदस्यको बिवाद टुंगिएसंगै कांग्रेसको कन्द्रीय कार्यालयल...

काँग्रेसको अधिवेशन : लुम्बिनी प्रदेशका ४ उपमहानगरमा यी हुन् सभापतिका आकांक्षी

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनका  लागि चुनावी सरगर्मी बढेको छ । भदौ २७ गतेका लागि निर्धारित गाउँ–नगरपालिका अधिवेशन असोज ९ गतेका लागि प्रस्ताव गरिएसँगै नगरसभापतिको लागि प्रतिस्पर्धा सुरु भएको छ । वडा अधिवेशन सकिएसँगै नगरसभापतिका दाबेदारहरु माहोल आफ्नो पक्षमा पार्न भेटघाट तथा छलफलमा जुटेका छन् । केहीले सम्पर्क कार्यालय खोल्ने र सामाजिक सञ्जालबाट समेत आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि मा