नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनका लागि चुनावी सरगर्मी बढेको छ । भदौ २७ गतेका लागि निर्धारित गाउँ–नगरपालिका अधिवेशन असोज ९ गतेका लागि प्रस्ताव गरिएसँगै नगरसभापतिको लागि प्रतिस्पर्धा सुरु भएको छ । वडा अधिवेशन सकिएसँगै नगरसभापतिका दाबेदारहरु माहोल आफ्नो पक्षमा पार्न भेटघाट तथा छलफलमा जुटेका छन् । केहीले सम्पर्क कार्यालय खोल्ने र सामाजिक सञ्जालबाट समेत आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि मा