नवलपरासी - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति नजिकिँदै जाँदा दलहरूले आफ्ना गतिविधिलाई तीव्रता दिँदै गएका छन् । उम्मेदवारहरू घरदैलोसहित मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् । दुई वटा सङ्घीय निर्वाचन क्षेत्र र चार वटा प्रदेश निर्वाचन क्षेत्र रहेको नवलपरासी पूर्व नवलपुरमा समेत चुनावी सरगर्मी बढ्दै गएको छ । यहाँका दुवै निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ मा दोस्रो पटक दुई मुख्य प्रतिस्पर्धी आमनेसामने भएका छन् । गठबन्धन...