पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न बाटो खुला

काठमाडौं । नेपालमा पुनर्बीमा दलाल (ब्रोकर) कम्पनी स्थापना गर्न नीतिगत रूपमा बाटो खुला भएको छ । बीमा समितिले बुधवार पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न बाटो खुला गरेको हो । पुनर्बीमा ब्रोकर स्थापनाका लागि बीमा क्षेत्रबाट पहिलेदेखि नै माग हुँदै आएको थियो । बीमा समितिले अहिले आएर त्यसको लागि बाटो खुला गरेको हो । समितिले शतप्रतिशत निजीक्षेत्रको स्वामित्व हुने गरी पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न बाटो खुला गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपालमै पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न मिल्ने गरी नीतिगत रूपमा नै बाटो खुला गरिएको बताए । ‘हालसम्म यस सम्बन्धमा कुनै पनि नीतिगत व्यवस्था थिएन । बीमाको बजार विस्तार हुँदै गएपछि पुनर्बीमा ब्रोकर कम्पनीको पनि आवश्यकता देखियो,’ उनले भने, ‘त्यसपछि प्रचलित बीमाअनुसार नै यस्तो व्यवस्था गरेका हौं ।’ अब कुनै पनि व्यक्तिले पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न सक्नेछन् । त्यस्ता कम्पनीको अधिकृत पूँजी न्यूनतम रू. १० करोड हुनुपर्नेछ । चुक्ता पूँजी भने अधिकृत पूँजी न्यूनतम ५० प्रतिशत (न्यूनतम ५ करोड) हुनुपर्ने निर्देशिकामा उल्लेख छ । साथै, चुक्ता पूँजीको २५ प्रतिशत रकम भने समितिबाट एअर मार्क गरी वाणिज्य बैंकको मुद्दती निक्षेपमा राख्नुपर्ने छ । सर्वप्रथम सम्बद्ध प्रस्तावकले पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न समितिबाट सैद्धान्तिक स्वीकृति लिएर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने छ । दर्ता भएपछि समितिबाट पुनर्बीमा ब्रोकरको काम गर्न अनुमतिपत्र लिनुपर्नेछ । त्यसपछि मात्रा त्यस्ता कम्पनीहरूले पुनर्बीमा ब्रोकरको काम गर्न सक्नेछन् । निर्देशिकाअनुसार समितिबाट अनुमति नलिई त्यस्तो काम गर्न पाइने छैन । यस्ता ब्रोकर कम्पनीको मुख्य काम पुनर्बीमा गर्ने मामलामा पुनर्बीमा कम्पनी र बीमा कम्पनीको बीचमा मध्यस्थकर्ता गर्ने हो । हाल नेपालमा भारतीय ब्रोकर कम्पनीहरूले अनुमति नलिई यस्तो काम गर्दै आएका छन् । तर, अब उनीहरूले पनि यही निर्देशिकाअनुसार कारोबार गर्नुपर्ने बीमा समितिका कार्यकारी पौडेल बताउँछन् । ‘अहिलेसम्म नेपालमा भारतीय पुनर्बीमा ब्रोकर कम्पनीले अनुमति नै नलिएर यस्तो काम गर्दै आएका छन् । तर, अब उनीहरूले अनुमति नलिई यस्तो काम गर्न पाउँदैनन्,’ उनले भने, ‘उनीहरूले पनि यही निर्देशिका अनुसार नेपालमा छुट्टै कम्पनी दर्ता गरेर समितिको अनुमति लिएर मात्र यस्तो काम गर्न पाउनेछन् ।’ उनका अनुसार विदेशी ब्रोकर कम्पनीले पनि यहाँ आएर आवश्यक प्रक्रिया पूरा गरेर पुनर्बीमा ब्रोकरको काम गर्न पाउनेछन् । यस्तै, नेपालीको स्वामित्वमा दर्ता हुने ब्रोकर कम्पनीले विदेशमा गएर पनि यस्तो काम गर्न सक्ने पौडेलको भनाइ छ । ‘यहाँ दर्ता भएपछि कम्पनीहरूले विदेशी बजारमा गएर पनि पुनर्बीमा ब्रोकरको काम गर्न पाउने छन् । तर, उनीहरूले सम्बद्ध मुलुकको नियामक निकायले तोकेको मापदण्ड भने पालना गर्नुपर्ने हुनसक्छ,’ उनले भने ।

सम्बन्धित सामग्री

रूपा गाउँपालिकाले स्थापना दिवसमा भलिबल प्रतियोगिता गर्दै

पोखरा- कास्कीको रूपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता गर्ने भएको छ। रूपाले छैठौं स्थापना दिवसको अवसर पारेर अध्यक्ष कप खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो। फागुन २४ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। भलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष नवराज ओझाले जानकारी दिए। […]

खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका ‘मुलतिहुन’ प्रथम

सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा सम्पन्न राष्ट्रव्यापी खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद ‘मुलतिहुन’ प्रथम भएका छन्। सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा आयोजित हास्यव्यंग्य कविता प्रतियोगितामा विजयी मुलतिहुनले ‘जाँडरक्सी महोत्सव’ शीर्षकको कविता...

बाँसबारीमा वडाले बनायो खुल्ला व्यायामशाला

बाँसबारीमा खुला व्यायामशाला स्थापना भएको छ । नेपालका लागि पाकिस्तानी दूताबासको सहयोगमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३ ले बाँसबारी क्लबको प्राङ्गणमा खुल्ला व्यायामशाला निर्माण गरेको हो ।   ‘व्यायामशालामा अत्याधुनिक १६...

बागलुङमा खुला व्यायामशाला स्थापना

बागलुङमा खुला व्यायामशाला स्थापना गरिएको छ । बागलुङ नगरपालिकाले नागरिकको पहुँचमा पुग्नेगरी खुला व्यायामशाला स्थापना गरेको हो ।

खुला आकाशमुनि पढ्दै विद्यार्थी

२०५४ सालमा स्थापना गरिएको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका हुन्।...

खुला आकाशमुनि पढ्दै विद्यार्थी

२०५४ सालमा स्थापना गरिएको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका हुन्।...

खुला विश्वविद्यालयको बिजोग, एक वर्षदेखि डिनविहीन

काठमाडौं : खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन गराउन खुलेको हो खुला विश्वविद्यालय। सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालय विधिवत रुपमा स्थापना भएको थियो।विश्वविद्यालयले शैक्षिक कार्यक्रम भने २०७४ जेठ ३० देखि सञ्चालन गरेको थियो। ऐनको दफा (३) को उपदफा (१) मा उल्लेख छ, ‘खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने‚ गराउने काम समेतको लागि नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको

खुला विश्वविद्यालय : यसरी पढ्न पाइन्छ प्रमाणपत्र तहदेखि पिएचडीसम्म

काठमाडौं : कतिपय व्यक्ति उच्च शिक्षा हासिल गर्ने चाहना हुँदाहुँदै पनि कहिले जागिर त कहिले पारिवारिक समस्याका कारण वञ्चित हुन्छन्। कसैको पढ्ने वातावरण नमिल्दा मेलापातमै दैनिकी बितिरहेको छ। तर, यी बाध्यताबीच पनि उच्च शिक्षा अध्यापन गराउने विश्वविद्यालय पनि राजधानीमा छ। त्यो हो–नेपाल खुला विश्वविद्यालय।यो विश्वविद्यालय सञ्चालन भएको ४ वर्ष पूरा भएको छ। सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालय विधिवत रुपमा स्थापना भएको हो। विश्वविद्यालयले शैक

खुला सरकार साझेदारी अवधारणाः नेपालको सन्दर्भमा यसको औचित्य र लिन सकिने लाभ

लोकतन्त्रलाई अझ परिमार्जन गर्ने ध्येयले सन् २०११ को सेप्टेम्बर २० मा अमेरिका र ब्राजिलको सक्रियतामा विश्वका ८ देश र ९ नागरिक संस्था मिलेर खुला सरकार साझेदारी (ओपन गभरमेन्ट पार्टनरशीप (ओजीपी) को स्थापना गरेका हुन् । यर्थाथमा, खुला सरकार साझेदारी राम्रो सरकार र असल शासन तयार गर्ने एउटा नयाँ विश्व संगठन हो, जसले सहभागितमूलक लोकतन्त्रको वकालत गर्छ । यस नवीन विश्व संगठनको मुख्य विशेषता लोकतान्त्रिक शासनलाई सुदृढ गर्नु र सरकार तथा नागरिक समाजबीच साझेदारी विकास गर्नु हो, जसका कारण सरकार र नागरिकबीचको अविश्वास हट्ने विश्वास गरिन्छ ।...

कैलालीमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन्। जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन्।