खुला आकाशमुनि पढ्दै विद्यार्थी

२०५४ सालमा स्थापना गरिएको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका हुन्।...

सम्बन्धित सामग्री

खेलमैदान बनाउँदा भवन भत्कियो‚ भदौदेखि टहरामा पढ्न बाध्य विद्यार्थी

तुलसीपुर : खेलमैदान बनाउँदा विद्यालयको भवन भत्किएपछि सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरू भदौदेखि टिनको टहरामा पढ्न बाध्य भएका छन्। दाङ जिल्लाको शान्तिनगर गाउँपालिका-१ बाघखोरमा रहेको विद्यालयको खेलमैदान बनाउँदा भवन भत्किएपछि यस्तो अवस्था आएको हो। टिनको टहरामा ४ वटा कक्षाकोठा छन्। गत भदौदेखि यही टहरामा विद्यार्थीहरूले पढ्दै आएका छन्। खुला टहरामा बसेर पढ्दा पढाइमा असर पुग्ने विद्यार्थी इमबहादुर विकले बताए। उनका अनुसार सडक नजिकै रहेको कक्षाकोठामा गाडी हिँड्दा पूरै समस्या हुन्छ। यस्तै उनले एक ठाउँमा ४ वटा कक्षाकोठा ह...

खुला आकाशमुनि पढ्दै विद्यार्थी

२०५४ सालमा स्थापना गरिएको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका हुन्।...

सरकारी विद्यालयको बेहाल : चिसो भुईंमा बसेर पढ्दै विद्यार्थी

गौर : बाक्लो हुस्सु र शीतलहरमा रौतहटकी नीतुकुमारी राम बोरासँगै कापीकलम बोकेर विद्यालय आउँछिन्। कक्षा ४ मा अध्ययनरत उनी बोरा बोकेर विद्यालय आउनु दैनिकी बनेको छ।रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ मा रहेको दलित प्राथमिक विद्यालयको भवन छैन। भवन नभएकाले उनीहरू खुला चौरमा बसेर पढ्छन्। त्यसका लागि उनी घरबाट बोरा बोकेर आउने गरेकी हुन्। उनीजस्ता करिब १८० जना विद्यार्थी उक्त विद्यालयमा दैनिक बोरा बोकेर पढ्न आउँछन्।शिशु कक्षादेखि ५ कक्षासम्म खुला आकाशमुनि बसेर पढ्न विद्यार्थी बाध्य छन्।फ

हावाहुरीले छानो उडायो, खुला आकाशमा पढ्दै विद्यार्थी

हावाहुरीले छानो उडाएको एक वर्ष बिते पनि मर्मत हुन नसकेपछि बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयमा विद्यार्थी खुला आकाशमा पढ्न बाध्य भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्नमाध्यामिक विद्यालय गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना उडाएको हो । दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन ।

हावाले छानो उडाएपछि  खुला आकाशमा पढ्दै विद्यार्थी

सल्यान : बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन। विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन्।गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना फालेको थियो।विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि बेवास्ता भइरहेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताए। भवनको अभाव नहुँदा विद्यार्थीलाई खुला चौर र छाना उडाएको भवनमै राखेर पढाउँदै आएको उनको