काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने होइन, संघीयता खारेज गर्नुपर्ने बताएका छन्। ‘सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले नेपालको भूराजनीति एवं आन्तरिक/बाह्य सुरक्षा संवेदनशीलता बुझेका छैनन्। घटाउनुपर्ने त वेतनभोगी जनप्रतिनिधिहरूको संख्या हो,’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल जस्तो देशलाई किन चाहिन्छ करिव १०० मन्त्री,५०० सासंद, हजारौंको संख्यामा तलवभत्ता खाने जनप्रतिनिधिहरु, संघियता खारेज […]