धर्मनिरपेक्षता र संघीयता खारेज गरौंः कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्ष र संघीयता खारेजीको माग गरेका छन् । नयाँ व्यवस्थाले ब्रह्मलूटलाई प्रश्रय दिने गरेको आरोप उनको थियो । ‘शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने विकल्पसहित अहिलेको व्यवस्था खारेजीको माग उनको छ ।

सम्बन्धित सामग्री

धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए ।साथै शासन जनताको छोराछोरीले गरे पनि अभिभावकको रुपमा राजसंस्था राख्नुपर्ने बताए । मुलुकमा ब्रम्हलुटको अवस्थाबारे महालेखा परीक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने बताए ।र