झापा - झापाको मेचीनगरमा रहेकाे एक जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।
मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा हिजाे आगलागी भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पाँच घण्टापछि मात्रै आगाे नियन्त्रणमा आएको थियो ।
उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । ११ वटा आगाे निभाउने यन्त्र प्रयाेग गरिएकाे ...