पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए  । कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए  । पाटन अस्पताल ललितपुर महानगरपालिका भित्र हुनु गौरव कुरा भएको बताउँ...

सम्बन्धित सामग्री

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सिद्धार्थ बैंकको १ करोड सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । बालबालिकाका लागि उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइटस्थित चाइल्ड हेल्थको बाल अस्पताललाई …

भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई सानिमा बैंकको १ करोड सहयोग

सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

ज्योति ग्रुपद्वारा कोभिड विरुद्ध लड्नका लागि २ करोड सहयोग

जेठ १९, काठमाडौं । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रालिले कोभिड महामारीको कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करीब २ करोड रुपैयाँ सहयोग  गरेको छ ।  सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरेको बताएको छ ।  साथै  उसले क्रिएसन नेपाललाई  ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई  ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर, सर हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको  बताएको छ । यसका साथै गंगालाल अस्पताललाई ५ लाख रुपैयाँ बराबरको पेपर सुट प्रदान गरेको छ ।  जर्मन अक्सिजन प्लान्टका लागि नेशनल बिजनेश इनिसिएटिभलाई १५ लाख रुपैयाँ र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभिएरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित १ करोड २१ लख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं (अस) । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई थप प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरे । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण काम गरेर थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो । अहिलेको दोस्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने उद्देश्यले गोल्छा गु्रपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकम अक्सिजन व्यवस्थापन गर्न, उपकरण अभाव पूर्ति गर्न, स्वास्थ्यकर्मीद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडको संख्या बढाउनेजस्ता काममा उपयोग गरिने अस्पतालले बताएको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोल्छाले कोरोना महामारीका कारण विषम देश परिस्थितिबाट गुज्रिरहेकाले नागरिकको स्वास्थ्यमा केही भए पनि सहयोग पु¥याउने उद्देश्यले अस्पताललाई सहयोग गरिएको बताए । ग्रुपले यसअघिको बन्दाबन्दीका बेला पनि सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिट्युड किट चार्टर्ड गरिएको जहाजमार्फत ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गोंगलले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन सहयोग गरेकामा गोल्छा ग्रुपप्रति आभार प्रकट गरे । यो सहयोगले फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

गोल्छा ग्रुपले पाटन अस्पताललाई दियो १ करोड सहयोग

अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि उक्त सहयोग गरिएको गोल्छाले जानकारी दिए।