जेठ १९, काठमाडौं । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रालिले कोभिड महामारीको कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करीब २ करोड रुपैयाँ सहयोग गरेको छ ।
सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरेको बताएको छ ।
साथै उसले क्रिएसन नेपाललाई ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर, सर हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको बताएको छ । यसका साथै गंगालाल अस्पताललाई ५ लाख रुपैयाँ बराबरको पेपर सुट प्रदान गरेको छ ।
जर्मन अक्सिजन प्लान्टका लागि नेशनल बिजनेश इनिसिएटिभलाई १५ लाख रुपैयाँ र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभिएरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित १ करोड २१ लख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।