झापा : सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै भद्रपुर नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीहरू आन्दोलित बनेका छन्। भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा बाल विकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार नपुर्याएको भन्दै नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरको नेतृत्वमा बाल शिक्षकहरू आन्दोलित बनेका हुन्। शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका १६ वटा शिक्षक तथा कर्मचारी सङ्गठनले संयुक्