रौतहटको फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारी तलबको माग गर्दै आन्दोलनमा उत्रेका छन् । गत दसैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा पनि नपाका कारण शिक्षक कर्मचारी बाध्य भएर आन्दोलनमा उत्रेका हुन् ।आइतबार नगरपालिकाको अगाडि भेला भएका शिक्षक कर्मचारीहरु जनप्रतिनिधिको लापरबाहीको कारण ढिलासुस्तीले गर्दा ५ महिनादेखि तलबभत्ता खान पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताए ।नगर सभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिलेको कारण फतुवा ब