जानकी फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट

भदौ १३, काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतवार जानकी फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनमामा आइतवार १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८१८ दशमलव ४० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।   

सम्बन्धित सामग्री

दशैँपछिको पहिलो दिन कस्तो रह्यो शेयर बजार ?

काठमाडौ । दशैँको बिदापछि खुलेको शेयर बजारमा उत्साह देखिएको छ । यद्यपि कारोबार रकम भने निकै न्यून रह्यो । आज नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा अडिएको छ । तर, ३ अर्ब ६ करोड २३ लाख रूपैयाँ बराबरको कारोबार भयो । आजको बजारमा जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्यो […]

पुनः २२ सयको क्षेत्रलाई प्रतिरोध मान्दै फर्कियो बजार, आगामी यात्रा कता ?

काठमाडौं । बुधवार नेप्से परिसूचक २ हजार १९९ दशमलव ९३ विन्दुसम्म पुगेर अन्त्यमा २ हजार १८३ दशमलव ६२ विन्दुमा बन्द भएको छ । लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । सोही कारण बजारमा धेरै उतारचढाव आएको छैन ।  बजार लामो समय घटेकाले नेप्सेको आगामी यात्रा माथितिर जाने  जानकारहरू बताउँछन् । यस्तो अवस्थामा सबल वित्तीय सूचकयुक्त लाभांश क्षमता राम्रो रहेका कम्पनीहरूमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । दुई दिनमा नेप्से परिसूचक १८ दशमलव ५२ अंक बढेको छ । यसो त कारोबार रकम पनि बिस्तारै बढ्न थालेको देखिन्छ । वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने ब्याजदर पनि घट्दो छ । यसले आगामी दिनमा धितोपत्र बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषकको दाबी छ ।  बुधवार नेप्से परिसूचक १० दशलमव ३७ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार १८३ दशमलव ६२ विन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका २६१ धितोपत्रको ९५ लाख ३२ हजार ८६७ कित्ता ५४ हजार ३७७ पटकमा रू. ३ अर्ब ४६ करोड बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन लाइफ हाइड्रोपावर र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत, सानिमा जिआईसी इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ग्रीन लाइफको शेयर मूल्य रू. ३३८ दशमलव ८०, आदर्श लघुवित्तको रू. १ हजार ८९, सानिमा जिआईसी इन्स्योरेन्सको रू. ४८९ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको रू. ४०८ दशमलव ७० पुगेको छ ।  बुधवार आरविवि म्युचुअल फण्ड–१ को इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ७० प्रतिशत घटेको छ । इकाई मूल्य रू. ७ दशमलव ७७ कायम भएको हो । त्यस्तै दोस्रोमा जानकी फाइनान्सको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशत  घटेर रू. ४२३ कायम भएको छ ।  बुधवार नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. १० करोड १४ लाख बराबरको भएको छ । कम्पनीको शेयर मूल्य रू. २७८ कायम भएको छ । त्यस्तै दोस्रोमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको रू. ९ करोड २१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशलमव ५३ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य १ प्रतिशत र अन्य समूहको १ दशमलव ५० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक ३ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ ।

चुनावी माहोल तातेसँगै शेयरबजारमा सेन्चुरी : कारोबार रकम ५६ प्रतिशत बढ्यो

वैशाख ११, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ४ दशमलव ११ प्रतिशत अर्थात ९५ दशलमव ४६ अंक बढेको छ । परिसूचक २ हजार ४२० दशमलव ९१ बिन्दूमा पुगेको  हो ।  यस अवधिमा कारोबारमा आएका २३८ धितोपत्रको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयरको ४३ हजार ४५० पटकमा रू. २ अर्ब ५३ करोड बराबरको शेयर खरीद विक्री भएको छ । बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । रू. १ अर्बको हाराहारीमा कारोबार हुदै आएकोमा आइतवार भने रू. २ अर्ब ५३ करोड बराबरको शेयर खरीद विक्री भएको हो । इन्ट्राडेमा १०० अंक भन्दा बढी बढेको थियो । अन्त्यमा भने बजार ९५ दशमलव ४६ अंक बढेर बन्द भयो । बजार धेरैनै तल्लो बिन्दुमा आएकाले कम्पनीको शेयर मूल्य धेरै सस्तो भएकाले आइतवारको बजारमा खरीदकर्ता हावी भएसँगै बजार बढ्यो । यसोत अव बिस्तारै चुनावी माहोल शुरु हुन लागेसँगै शेयर बजारमा सकारात्मक  प्रभाव परेको हो ।    कारोबारमा आएका २३८ धितोपत्र मध्ये १२ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोपावर,वेष्ट फाइनान्स,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स,जानकी फाइनान्स,अरुण भ्याली हाइड्रोपावर,मञ्जुश्री फाइनान्स,खानीखोला हाइड्रोपावर,घलेम्दी हाइड्रो,युनिभर्सल पावर कम्पनी,हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशत  र ग्रीन भेन्र्चसको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकको ११∞नेपाल इन्भेष्टमेण्ट बैंक डिबेञ्चर २०८४ नामक ऋणपत्रको मूल्य ९ दशमलव ९ प्रतिशत घटेर रू.८५२ दशमलव ४० कायम भएको हो । त्यसैगरी दोस्रोमा नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य २ दशमलव ८५ प्रतिशत घटेर रू.२ हजार ७२० दशमलव १० कायम भएको छ । सर्वाधिक शेयर खरीद विक्री सानिमा बैंकको संस्थापक शेयरको रू. २२ करोड बराबरको शेयर खरीद विक्री भएको छ । दोस्रोमा शिवम् सिमेण्टको रू.११ करोड ७६ लाख बराबरको शेयर खरीद विक्री भएको हो ।

अपि पावर र जानकी फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट

असोज १३, काठमाडौं । जानकी फाइनान्स र अपि पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  बुधवार बजार खुलेको सवा तीन घण्टाको अवधिमा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  जानकी फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५८३ र अपि पावर कम्पनीको शेयरमूल्य रू. ४५९ दशमलव ८० मा कारोबार भइरहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

बजार बढेसँगै दुई दर्जन कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको बढ्यो ?

असार २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारमा आएका २२५ ओटा कम्पनीमध्ये २४ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ ।  २४ ओटा कम्पनीमध्ये गोर्खाज फाइनान्स,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी र आइसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।  यो दिन गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ११३,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. ४५१ र आइसी एफसी फाइनान्सको शेयर मूल्य रू. ५८३ पुगेको छ ।  त्यसैगरी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत,मल्टीपर्पस फाइनान्सको ९ दशमलव ९७ प्रतिशत,समृद्धि फाइनान्सको ९ दशमलव ९५ प्रतिशत,महालक्ष्मी विकास बैंकको ९ दशमलव ९३ प्रतिशत, सांग्रिला डेभलपमेण्ट बैंकको ९ दशमलव ९२ प्रतिशत,गुडवील फाइनान्सको ९ दशमलव ९२ प्रतिशत,हिमाल दोलखा हाइड्रोपावरको ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।  त्यस्तै यो दिन ज्योति विकास बैंकको ९ दशमलव ८९ प्रतिशत,प्रोग्रेशिभ फाइनान्सको ९ दशमलव ८५ प्रतिशत,वेष्ट फाइनान्सको ९ दशमलव ८४ प्रतिशत,कर्णाली डेभलपमेण्ट बैंकको ९ दशमलव ८४ प्रतिशत,सेन्ट्रल फाइनान्सको ९ दशमलव ८२ प्रतिशत,रिलायन्स फाइनान्सको ९ दशमलव ७९ प्रतिशत,जानकी फाइनान्सको ९ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।   त्यसैगरी पोखरा फाइनान्सको ९ दशमलव ७८ प्रतिशत,सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ७८ प्रतिशत,ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ७२ प्रतिशत,खानीखोला हाइड्रोपावरको ९ दशमलव ६५प्रतिशत,नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ६२ प्रतिशत,कामना सेवा विकास बैंकको ९ दशमलव २८ प्रतिशत र सिन्धु विकास बैंकको शेयरमूल्य ९ दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको छ । ती २४ ओटै कम्पनीको शेयरमूल्यमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो । यो दिन समग्र बजार अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ४५२,मल्टीपर्पस फाइनान्सको रू. ३८६,समृद्धि फाइनान्सको रू. ४२०,महालक्ष्मी विकास बैंकको रू.४६५,सांग्रिला डेभलपमेण्ट बैंकको रू. ४२१,गुडवील फाइनान्सको रू. ६९८ पुगेको छ । त्यसैगरी हिमाल दोलखाको रू. २८८,ज्योति विकास बैकको रू.४८९,प्रोग्रेशिभ फाइनान्सको रू.३६८,वेष्ट फाइनान्सको रू.४०२,कर्णाली डेभलपमेण्ट बैंकको रू.३४६,सेन्ट्रल फाइनान्सको रू.४२५,रिलायन्स फाइनान्सको रू.५१६,जानकी फाइनान्सको रू.४४९,पोखरा फाइनान्सको रू.६५१ पुगेको छ ।  यस्तै यो  दिन सप्तकोशी डेभलपमेण्ट बैंकको रू.३४८, ग्रीन डेभलपमेण्ट बैंकको रू.३५०,खानीखोला हाइड्रोपावरको रू. २८४,नेपाल हाइड्रो डेभलोपरको रू. ४५६,कामना सेवा विकास बैंकको रू. ५७७ र सिन्धु विकास बैंकको शेयरमूल्य रू. ३९९ पुगेको छ । यो दिन अधिकांश फाइनान्स कम्पनी र विकास बैंकहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । सोही कारण यो दिन सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक ८ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी विकास बैंक समूहको परिसूचक ८ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।

जानकी फाइनान्स र एचआईडीसीएलको शेयरमूल्यमा सकारात्मक सर्किट

असार ८, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार जानकी फाइनान्स र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी(एचआईडीसीएल) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समय २ : ३२ बजेसम्ममा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिसम्ममा जानकी फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ४४० र एचआईडीसीएलको शेयरमूल्य रू. ४५१ पुगेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।