जडीबुटीको प्रचूर सम्भावना बोकेको कर्णाली प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । जडीबुटी खेती प्रवर्द्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थित रुपमा बिक्रीवितरण गर्ने हो भने पनि जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको विभिन्न अध्ययनबाट प्रष्ट हुन्छ । अनेकौँ किसिमका जडीबुटी उत्पादन हुने यो प्रदेश जडीबुटीको राजधानीका रुपमा चिनिन्छ । सरकारले कर्णालीलाई जडीबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भए पनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम ह