रुकुमपूर्वमा जडीबुटी खेती विस्तारका लागि ठाउँ पहिचान

रुकुम (पूर्व) : रुकुमपूर्वका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तारका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ। डिभिजन वन कार्यालय रुकुमपूर्वको फोकल टिमको मंगलबार (आज)को बैठकले जिल्लामा जडीबुटी खेती विस्तारका लागि जडीबुटी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।जडीबुटी खेती विस्तारका लागि फोकल टिमले जडीबुटी पकेट क्षेत्र पहिचान पनि गरेको छ। पहिचान गरिएको क्षेत्रमा जडीबुटी खेती विस्तारका लागि कार्यक्रम सञ्चालन गरिनेछ। जडीबुटी खेती विस्तारका लागि बिरुवा अनुदान दिनुका साथै वनसम्बन्धी&