बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ ।
सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।
साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसिसी नाली बन...