दरबार हाइस्कुलको संस्कृत माविमा राष्ट्रसंघको बैठक अभ्यास
३० असार, काठमाडौं । दरबार हाइस्कुल संस्कृत माविमा ‘संस्कृत मोडल युनाइटेड नेसन्स’ आइतबार सुरु भएको छ ।
तीन दिनसम्म चल्ने कार्यक्रममा संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठन, युएन वुमनलगायत ६ वटा अंगहरुले गर्ने छलफल तथा बैठकको …
चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११ः३० बाट रोकिएको मतदान दिनको ३ बजेदेखि सञ्चालन भएको हो । मतदान अधिकृत कमला न्यौपानेका अनुसार आचारसंहिता मिचेको विषयमा माफी […]
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले काठमाडौं-१६ पकनाजोलस्थित नेपाल युवक माविमा पुगेर मतदान गरेका हुन्।
आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान हुँदैछ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो।
काठमाडौँ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ। बिहीबार मेयर बिमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै मावि तहका १२ विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो। अंग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका विद्यालयमा अंग्रेजी […]
गोरखा– पूर्वप्रधानमन्त्री बाबुरा भट्टराईले गोरखाको अन्नपूर्ण माविमा पुगेर मतदान गरेका छन् । केही दिनदेखि गृहजिल्लामै रहेका बाबुरामले गोरखाको पानपा–१ अन्नपूर्ण मावि बूथमा पुगेर बिहानै मतदान गरेका हुन् ।
रुकुम पश्चिम – रुकुम पश्चिममा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमद्वारा मुसिकोट नगरपालिका ५ मा रहेको यमुना नन्द नमुना माविमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।
यही वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता शिक्षा कार्यक्रम पनि हुने र मत बदर हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको हो ।
नमु...
लमजुङ– लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । यससँगै बालकल्याण सिस्मोमिटर जडान गर्ने जिल्लाको पहिलो विद्यालय बनेको छ । स्विजरल्याण्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेकोमा उक्त विद्यालय पनि छनोट भएको हो । उक्त यन्त्रले एक म्याग्निच्युड भन्दा माथिका […]
डबल बोगटी, धनगढी ।
अखिल (छैठौं) ले कैलालीको सरस्वती माविमा दुईवटा इकाई समिति गठन गरेको छ । अखिल (छैठौं) कैलाली जिल्ला सम्मेलन आयोजक समितिका संयोजक जनक आचार्य र लेखराज आचार्यको उपस्थितमा सम्पन्न भेलाले इकाई समिति गठन गरेको हो ।
जसमा सन्तोष मगरको अध्यक्षतामा ४७ सदस्यीय इकाई समिति र अर्को प्रिन्स रानाको अध्यक्षतामा ६२ सदस्यीय इकाई समिति गठन भएको हो ।
सन्तोष मगरको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा समीर सुनार, सचिव मेनुका राना, सहसचिव सपना कार्की र कोषध्यक्ष साबित्री पाण्डे रहनुभएको छ भने सचिवालय सदस्यमा हेमा जोशी र विशाल उपाध्ययलाई चयन गरिएको छ ।
यस्तै, प्रिन्स रानाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा दीक्षा भण्डारी, इसा महरा, पुजा खडका, सुनिल चौधरी,
सचिव निखल चौधरी, सुरज राना, ग्यानु राना, राहुल राना, उपसचिव रामदिवस चौधरी, वसन्त राना, कोषाध्यक्ष मनिसा खनाल, अनमिका चौधरी रहनुभएको छ ।
बागलुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) का जैमिनी नगरपालिका– ८ छिस्तिमा प्रशिक्षण भेला सम्पन्न भएको छ। जनकल्याण माविमा भएको प्रशिक्षण भेलाले नवीन थापा अध्यक्ष रहेको ५५ सदस्यीय अखिल (छैठौं) को इकाई समिति समेत गठन गरेको छ।
समितिको उपाध्यक्षमा कर्ण परियार, सचिव शोभा शर्मा पौडेल, सहसचिव बिष्णु नेपाली, कोषाध्यक्ष शिवानी सुनार र सहकोषाध्यक्षमा तारा अधिकारी चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा शिव पराजुली, प्रमिला नेपाली,अजय पुन,तिर्सना पुन, चमेली शर्मा, ईन्दु शर्मा, शुशिला शर्मा, कुमारी नेपाली, अनिता रेग्मी, पदमा शर्मा, टीका श्रीस, ममता शर्मा, मनिसा शर्मा, मनिसा श्रीस, चन्द्रकला नेपाली, पार्बती बिक, चुडामणि सुनार, शिवराज शर्मा, दिपा विक, अस्मिता शर्मा, सबिना थापा, पुजा पुन, बिजय श्रिस, कृष्ण पौडेल, ललित पुन, दुर्गा परियार, हिरा क्षेत्री, पुर्णकला नेपाली, पुजन पुन, शर्मिला नेपाली, दिपेन्द्र पुन, सुस्मिता केसी, सुस्मा शर्मा, सन्जिता श्रीस, ईन्द्रा पुन, मिलन शर्मा, भावना पुन, राधिका शर्मा, अस्मिता शर्मा, कुमारी नेपाली, अजय पुन, दिलिप श्रीस रहनुभएको छ।
अखिल (छैठौं)का जिल्ला सचिव दिपेन्द्र पौडेलको बिशेष उपस्थितमा अघि बढेको प्रशिक्षण कार्यक्रममा अखिल नेपाल युवक संघका प्रदेश सचिव संजाल शर्माले समसामयिक राजनीति र विद्यार्थी आन्दोलनका बिषयमा प्रशिक्षण दिनु भएको थियो।