गोरखाको अन्नपूर्ण माविमा पुगेर बाबुरामले गरे मतदान
गोरखा– पूर्वप्रधानमन्त्री बाबुरा भट्टराईले गोरखाको अन्नपूर्ण माविमा पुगेर मतदान गरेका छन् । केही दिनदेखि गृहजिल्लामै रहेका बाबुरामले गोरखाको पानपा–१ अन्नपूर्ण मावि बूथमा पुगेर बिहानै मतदान गरेका हुन् ।
म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) ले यसको संयोजन गरेको हो । १५/१५ लाख रुपियाँ लागतमा जिल्लाका अन्नपूर्ण गाउँपालिका–४, स्थित प्रभा मावि, रघुगङ्गा गाउँपालिका–३ स्थित ज्ञानोदय मावि र धवलागिरि गाउँपालिका–४ स्थित बुद्धिविकास माविमा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।
शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताए । उनका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मावि थोचेबाट १४, अन्नपूर्ण मावि मनाङबाट चार, भानु मावि तालबाट सात र लोकप्रिय मावि खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन् । जिल्लाको लोकप्रिय माविमा
कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नवराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए। ऊ हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै छन्। बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन्।
म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेश सरकारबाट सञ्चालित १४ ओटा योजना बजेट अभावका कारण अलपत्र अवस्थामा छन् । जिल्लाका मंगला गाउँपालिकामा ३, रघुगंगा गाउँपालिकामा ३, धवलागिरि गाउँपालिकामा ६, बेनी नगरपालिकामा १ र अन्नपूर्ण गाउँपालिकामा १ मा गरी १४ ओटा योजनाको काम बजेट अभावका कारण अघि बढ्न सकेको छैन ।
मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रवास भवन निर्माण योजना अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यस योजनामा बजेट अभावले काम हुन नसकेको हो । २ करोड लागत अनुमान गरिएको भवन निर्माण गत आर्थिक वर्षको अन्त्यमा ५० लाख बजेट विनियोजन भएपछि तत्कालीन सामाजिक विकासमन्त्री नरदेवी पुनले गत चैत ३१ गते शिलान्यास गरेकी थिइन् । मन्त्रीले शिलान्यास गरेर भवन निर्माणका लागि जग खन्ने लगायत काम शुरू गरिएको भए पनि बजेट नआएपछि अघि बढ्न नसकेको विद्यालयले बताएको छ ।
मंगला गाउँपालिकाको जस्तै रघुगंगा गाउँपालिकामा समेत प्रदेश सरकारमार्फत बजेट विनियोजन भएर सञ्चालन भएका तीन योजना अधुरै छन् । कोरोना लगायतका कारण समयमै सम्पन्न हुन नसकेका योजना सम्पन्न गर्न म्याद थप नभएको र बजेट समेत विनियोजन नभएकाले काम ठप्प भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
धवलागिरि गाउँपालिकामा समेत प्रदेश सरकारले बजेट कटौती गरेपछि आधा दर्जन योजना प्रभावित भएका छन् । वडा नम्बर ७ सिवाङमा रहेको हेम माविमा नमूना आवासीय विद्यालयको लागि पूर्वाधार निर्माण गर्न २ वर्षदेखि सञ्चालन भएको क्रमागत योजनाको बजेटमा ठूलो कटौती भएकोे गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।
प्रदेश सरकारले नै शुरू गरेको वडा नम्बर ४ मुदीको बृहत् खानेपानी र खाम्लामा शुरू भएको मुख्यमन्त्री जलवायु कृषि कार्यक्रममा समेत बजेट नआएको गाउँपालिकाले बताएको छ ।
बेनीस्थित कालीपुल बसपार्क निर्माण योजनामा गतवर्ष ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले यस वर्ष बजेट कटौती गरेको नगरपालिकाले बताएको छ ।
२ वर्ष अघिदेखि प्रदेश सरकारले जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनोट गरी पूर्वाधार निर्माण शुरू गरेको थियो । छनोटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधासहितको पठनपाठन शुरू गरिएको भए पनि योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको प्रधानाध्यापक केदार कार्कीले बताए ।
गण्डकी प्रदेशमा सरकार परिवर्तनसँगै आएको राजनीतिक अस्थिरताले आफैले सञ्चालन गरेका योजनामा प्रदेश सरकारले बजेट अदलबदल गर्ने कार्य हुन थालेको भन्दै स्थानीय सरकारका जनप्रतिनिधि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली समक्ष ध्यानाकर्षण गराउन पुग्ने क्रम बढेको छ ।
बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ । जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय एकाइ …
म्याग्दी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बंगुरपालन र सुन्तलाखेती गरेका कृषकलाई १ करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गरेको छ ।
सुन्तला र बंगुरको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता विस्तारका लागि कुल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको हो । परियोजनाले आर्थिक वर्ष २०७७/७८ मा सुन्तला जोनमार्फत ६६ लाख १० हजार र बंगुर जोनमार्फत ३६ लाख ५६ हजार अनुदान वितरण गरिएको बताएको छ ।
कृषि अधिकृत विक्रम बस्यालले सुन्तला जोनमार्फत ३ लाख २५ हजार खर्च गरेर ५० प्रतिशत अनुदानमा २० हजार ७०० बिरुवा वितरण गरिएको जानकारी दिए । कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत ४० मिनिटेलर, दुईओटा ग्रासकटर, दुईओटा ह्याण्ड स्प्रेयर, २६ ओटा पावर स्पेयर, ५६ ओटा सिकेचर, ५६ ओटा प्रुनिङ सअ र १७ डिजिटल काँटा खरीद गर्न ५० प्रतिशतका दरले १२ लाख ५७ हजार अनुदान उपलब्ध गराइएको छ ।
जिल्लाका सिगाना, बनौं, भकिम्ली, दोसल्ले र पात्लेखेतमा नर्सरी स्रोत केन्द्र स्थापना भएको छ । मंगला माविमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालनमा ३ लाख ३ हजार खर्च भएको छ । ४७५ प्लास्टिक क्रेट खरीद गर्न ५० प्रतिशतका दरले १ लाख ४२ हजार अनुदान वितरण भएको छ । बेनी, बागलुङ नगरपालिका, जलजला, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ५२ वडामा सुन्तला जोन कार्यक्रम लागू भएको छ ।
यसैगरी इकाइमार्फत सञ्चालित बंगुर जोन कार्यक्रमअन्तर्गत १६ बंगुर फार्म तथा कृषकले विभिन्न शीर्षकमा ३६ लाख ५६ हजार अनुदान पाएको नायब पशु सेवा प्राविधिक बलबहादुर ओलीले जानकारी दिए । बंगुर फार्मको नयाँ पूर्वाधार निर्माण, पुराना गोठ सुधार र व्यवस्थापन, गोबरग्यास निर्माण, मासु पसल सुधार गरेका छन् । रासस
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविमा रिक्त रहेको १६ महिनापछि तीन शिक्षक नियुक्ति गरिएको छ। २०६७ साल मंसिरदेखि रिक्त प्रावि राहत दरबन्दीमा दुई जना र निमावि तहको राहत दरबन्दीमा एक जना शिक्षक नियुक्ति गरिएको हो।
धनकुटा : धनकुटाको पाख्रिबाँस नगरपालिका–१ सान्नेमा रहेको अन्नपूर्ण माविमा भवनको अभावमा एउटै कोठामा दुई ओटा कक्षा एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता रहेको छ।
उक्त विद्यालयको एउटा कोठामा बालविकास र कक्षा १ तथा अर्को कोठामा कक्षा २ र ३ का विद्यार्थीहरू राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक मो...