नेकपा (एकीकृत समाजवादी) ले जेठ २२ गते पार्टीका मन्त्री फेर्ने निर्णय गरे पनि सहजै कार्यान्वयन भएन। मन्त्रीले तत्काल फिर्ता हुन मानेनन्। अर्कोतिर पार्टीका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्णय कार्यान्वयन नगरे गठबन्धन टुटाउने चेतावनी दिए। पार्टीमा देखिएको किचलोका कारण तीन हप्ता कुर्नुपरेको थियो नयाँ मन्त्रीले शपथ लिन। कमजोर पर्फमेन्स र आलोपालो…