नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि राजनीतिक वृत्तमा अब एकीकृत समाजवादी के गर्छ भन्ने बहस सुरु भएको छ ।
तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै सडक तथा सदनमा प्रचण्डसँगै देखापर्ने गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अबको यात्रा के हुने भन्ने चासो छ ।
तत्कालीन सत्ता गठबन्धनबाट २० सिट प्राप्त गरी प्रतिनिधि सभाको प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्...