क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । काँग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग …