कात्तिक १६, काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९९ प्रतिशत घटेको छ ।
गत आवको पहिलो त्रैमासमा रू.१० लाख ६८ हजार नाफा कमाएको उक्त कम्पनीको चालू आवको सोही अवधिमा नाफा घटेर रू. २ लाख १३ हजारमा सीमित भएको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भएसँगै सञ्चालन नाफा ९७ प्रतिशत घटेकाले नाफा घट्न पुगेको हो । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमि आएको छ ।
प्रतिशेयर आम्दानी गत आवको पहिलो त्रैमासमा रू. ३ रहेकोमा चालू आवको सोही अवधिमा घटेर २१ पैसामा झरेको हो । कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू.१ करोड २८ लाख ६९ हजार, रिटेण्ड अर्निङमा रू.५ करोड १० लाख ५४ हजार र शेयर प्रिमियममा रू.२ करोड १३ लाख ४१ हजार सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ३२ रहेको छ ।