सात सय असहाय अफगानीलाई खाद्यान्न सहयोग

चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सातसय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् । प्रत्येक परिवारलाई ५० केजी गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए ।असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा  सहयोग गर्ने चीन, काजाकिस्तानलगायत दातृराष्ट्र एवं निकायप्रति उनले आभार व्यक्त गरे ।  छिमेकी चीन र काजाकिस्तानबाट प्राप्त खाद्यान्न वि

सम्बन्धित सामग्री

विपन्नलाई खाद्यान्न सहयोग

रौतहटस्थित ग्रामीण विकास केन्द्रले मंगलबार जिल्लाको चन्द्रपुर र राजपुर नगरपालिकाको करिब १ हजार ७ सय परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

चीनद्वारा अफगानिस्तानमा खाद्यान्न सहयोग

एजेन्सी – चीनले अफगानिस्तानको निमरोज प्रान्तका चार सय ५० विपन्न परिवारलाई सहायता सामग्री प्रदान गरेको छ । मानवीय सहायतास्वरुप चीनले प्रदान गरेका सहायता सामग्री प्रान्तीय अधिकारीहरूले आज हस्तान्तरण गरेका हुन् । प्रान्तीय प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रमुख मल्लवी मोहम्मद कासिम मोहम्मदका अनुसार खाद्यान्न अभावका कारण छटपटिएकाहरूलाई चामल र गहुँलगायत खाद्यान्न प्रदान गरिएको छ […]

डेढ सय पहिरो पीडितलाई कांग्रेस सांसद लामाको खाद्यान्न कोसेली

बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।...

अपांग र विपन्नलाई सहयोग

कोभिड–१९ का कारण जारी निषेधाज्ञा तथा गरिबीका कारण दुःख पाइरहेका करिब १ सय परिवारलाई चामल, नुनलगायत खाद्यान्न सहयोग गरिएको छ।...

कामना विकास बैंकद्वारा राप्तीका सय चेपाङ घरधुरीलाई खाद्यान्न सहयोग

चितवन (अस) । कामना विकास बैंकले चितवनस्थित चेपाङ समुदायका सय घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । बैंकले चितवनको विकट राप्ती नगरपालिकाका–१३  चेपाङ बस्तीलाई लक्षित गरी एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । चेपाङ समुदायको उत्थानका लागि सञ्चालित मितेरी फाउन्डेसनको समन्वयमा प्रत्येक घरधुरीलाई १ बोरा चामल, खानेतेल, दाल, सोयाबिन, नुनलगायत खाद्य सामग्री वितरण गरिएको भण्डारीले बताए  ।

स्वावलम्बन लघुवित्तको खाद्यान्न सहयोग

वीरेन्द्रनगर (अस) । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विपन्न परिवारका लागि खाद्यान्नलगायत राहत प्याकेट वितरण गरेको छ । संस्थाको सुर्खेत शाखाले कोरोना भाइरसका कारण रोजगारी गुमाएर छाक टार्न समस्या भएका परिवारलाई राहतस्वरूप खाद्यान्न तथा नगद वितरण गरेको हो । संस्थाले आफ्ना सदस्यलाई चामल, दाल, तेल, नुन, साबुनलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेको छ । शाखा कार्यालय वीरेन्द्रनगरबाट अहिलेसम्म २१ जना सदस्यलाई उक्त राहत वितरण गरिएको संस्थाले बताएको छ । संस्थाले कोभिड संक्रमण भई आइसोलेसनमा बसेकालाई पौस्टिक आहाराका लागि नगद एक हजार पाँच सय सहयोग गर्दै आएको छ । अस्पतालमा उपचार गराउनुपर्ने संक्रमित बिरामीको हकमा अवस्था हेरी जनही १० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइएको सुर्खेत शाखा प्रमुख पवन सुवेदीले जानकारी दिए ।

दुलाल दम्पतीद्वारा ५ सय परिवारलाई खाद्यान्न सहयोग

कोभिड १९ को दोश्रो लहरका कारण निषेधाज्ञा जारी भएपछि दैनिक कामकाज गर्दै जीवन यापन गर्नेहरुले निकै कठिनाई भोग्नु परिरहेको छ । त्यसै क्रममा दैनिक कामकाज ठप्प हुनाका कारण असहज परिस्थितिमा रहेका काठमाडौं उपत्यकाका विपन्न र असहायहरूको  सेवामा अखिल नेपाल टेबुल टेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलाल अघि सरेका छन् । एपिएफका टेबल टेनिस प्रशिक्षक समेत रहेका राजेन्द्र दुलाल र उनकी पत्नी समिक्षा दुलालले मिलेर निषेधाज्ञामा समस्यामा परेका ५०० परिवारलाई खाद्य सामाग्री प्रदान गरेका हुन् । ठमेल पर्यटन ब

वीरगन्ज महानगरपालिकालाई शिवशक्ति उद्योगद्वारा पौने ७ लाखको खाद्यान्न सहयोग

वीरगन्ज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति उद्योग प्रालिले वीरगन्ज महानगरपालिकालाई पौने ७ लाखभन्दा बढीको खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा विपन्न तथा गरिब परिवारलाई राहत वितरणका लागि शिवशक्ति उद्योगले खाद्यान्न सामग्री सहयोग गरेको हो ।राहत स्वरुप उद्योगले ९ टन चामल, १ टन दाल, १ सय […]

कोरोना संक्रमितलाई खाद्यान्न सहयोग

सुर्खेत (अस) । लायन्स क्लब अफ गढीले कोरोना संक्रमित भएर प्रदेश आयुर्वेद औषधालय सुर्खेतको आइसोलेसनमा उपचाररत बिरामीका लागि खाद्यान्न सहयोग गरेको छ । कर्णालीमा कोरोना भाइरस आइसोलेसनमा उपचाररत बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले लायन्स क्लबले निषेधाज्ञाका बेला करिब ७२ हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ का बिरामीलाई उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयमार्फत कोरोना संक्रमितको भोजनका लागि लायन्स क्लबले खाद्यन्न सहयोग गरेका हुन् । क्लब गढीका अध्यक्ष लक्ष्मण कँडेलले अमेरिकाको कनेक्टिक राज्य नेपाली वेस्टर्ट हार्डफोर्ड लुम्बिनी लायन्स क्लब र हार्डफोर्ड काउन्ट्री एभरेस्ट कन्टेनियल लायन्स क्लब अध्यक्ष माधव आत्रेय, नरेन्द्र पन्त, चार्टर्ड पे्रसिडेन्ट कृष्ण कँडेलको सहयोगमा खाद्यन्न सहयोग गरिएको बताए । प्रदेश औषधालयसँगै प्रदेश अस्पतालमा शुद्ध खानेपानी अभावलाई दृष्टिगत गरी १५/१५ कार्टुन पानी सहयोग गरिएको उनको भनाइ छ । आइसोलेसनमा उपचाररत बिरामीका लागि चार क्विन्टल चामल, ५० केजी दाल, ५० केजी चना, तीन कार्टुन खानेतेल, एक सय केजी आलु र  २५ किलो हरियो सिमी सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय  व्यवस्थापन समितिका पदाधिकारीलाई लायन्य क्लब गढीका अध्यक्ष कँडेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत एवं समाजसेवी टीकाराम चपाईलगायतले हस्तान्तरण गरेका हुन् ।

जाजरकोटका ८२२ विपन्न परिवारलाई  खाद्यान्न सहयोग

जाजरकोट : जिल्लाको छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ। आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो।प्रतिपरिवार रु १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले जानकारी दिए।कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका  विपन्न सर्वसाधारणलाई सेभ द चिल्डेन , पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट अवसर परियोजनाले खाद्यान्न उपलब्ध गराए