कामना विकास बैंकद्वारा राप्तीका सय चेपाङ घरधुरीलाई खाद्यान्न सहयोग

चितवन (अस) । कामना विकास बैंकले चितवनस्थित चेपाङ समुदायका सय घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । बैंकले चितवनको विकट राप्ती नगरपालिकाका–१३  चेपाङ बस्तीलाई लक्षित गरी एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । चेपाङ समुदायको उत्थानका लागि सञ्चालित मितेरी फाउन्डेसनको समन्वयमा प्रत्येक घरधुरीलाई १ बोरा चामल, खानेतेल, दाल, सोयाबिन, नुनलगायत खाद्य सामग्री वितरण गरिएको भण्डारीले बताए  ।