मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा डडेल्धुरामा बागी उम्मेदवारी दिनेलाई नेकपा एकीकृत समाजवादी पार्टीले निष्कासित गर्ने चेतावनी दिएको छ । महासचिव डा. बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ (२) मा पार्टी निर्णयविपरीत स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिएका पार्टी केन्द्रीय कमिटी सदस्य डा. ताराप्रसाद जोशीलाई आगामी २४ घण्टा भित्र पार्टी निर्णय र गठबन्धनको मर्म बमोजिम आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवारहर