काठमाडौं महानगरका मेयर बालेन साह निर्वाचित भएपछि फोहोर ब्यवस्थापनलाई पहिलो प्राथमिकता दिएका छन् । काठमाडौं संघीय राजधानी भएकोले यहाँको फोहोर ब्यबस्थापनमा सर्वत्र चासो देखिएको हो । सात प्रदेशको अलग अलग राजधानी भएपनि देश अझै केन्द्रीकृत शासनमै रहेकाले काठमाडौंको भीडभाड कम हुने संभावना देखिन्न । मेयर बालेनको टाउकोमा फोहोरको बोझ थुपारेर समस्या समाधान कदापी हुन सक्तैन । फोहोर ब्यबस्थापनमा सहकार्य सहरवासी सबै नागरिकको दायित्व र जिम्मेवारी हो । नगरवासी सचेत नभए सधैँ दुर्गन्धको चपेटमा बस्नुपर्ने हुन्छ,