सिसडोलवासीको विरोध : अझै उठ्न सकेन काठमाडौंको फोहोर

सिसडोल ओखर पौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ ।स्थानीय परशुराम अर्यालका अनुसार ओखर पौवामा १४ वर्षसम्म फालिएको

सम्बन्धित सामग्री

बन्चरेडाँडामा पहिलो पटक खसाउन थालियो उपत्यकाको फोहोर

जेठ १०, काठमाडौं । उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन शुुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलवारदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन शुरु गरिएको हो । नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम शुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमवारदेखि उठ्न थालेको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमवार राति नै विसर्जनका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । मंगलवार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बन्चरेडाँडातर्फ पठाइएका छन् । सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुललगायत क्षेत्रमा फोहोर उठे/नउठेको अनुगमन गरेका थिए । हाल काठमाडौं र ललितपुरबाट १०० ओटा ट्रक फोहोर बन्चरेडाँडामा खसाइएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताए । मन्त्री झाँक्रीले सोमवार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । काठमाडौंमा नयाँ मेयरको आगमनअगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । उनले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए । यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहोर विसर्जन गर्न समस्या भएको थियो ।  काठमाडौं र ललितपुरका चोक र गल्लीमा फोहोर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ । रासस

तस्वीर : लामो समयपछि काठमाडौंको फोहोर उठाउँदै महानगरपालिकाका कर्मचारी

स्थानीय निर्वाचन, सिसडोलबासीको विरोध लगायतका कारण लामो समयदेखि उठ्न नसकेको फोहोर उठाउँदै काठमाडौं महानगरपालिकाका कर्मचारी । फोटो : सुनिल शर्मा/आर्थिक अभियान

सिसडोलवासीको विरोधपछि काठमाडौंको फोहोर उठ्न सकेन

सिसडोल ओखरपौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ ।दुई वर्षका लागिमात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको विरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको […]

महानगरपालिकाको कार्यालयमा फोहोर थुपारेर विरोध प्रदर्शन

ईश्वरराज ढकाल, काठमाडौँ । काठमाडौंको फोहोर नउठेपछि स्थानीयले काठमाडौं महानगरपालिकाको कार्यालय सुन्धारामा फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन् । तीन सातादेखि राजधानीका सडक किनारामा थुप्रिएको फोहोर उठ्न नसकेपछि फोहोरसहित विरोध प्रदर्शन गरिएको थियो । युथ कांग्रेसको नाममा भएको विरोध प्रदर्शनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकालगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर […]