काभ्रे । पनौतीमा चलिरहेको मकरमेलाको सन्दर्भ पारेर नेपाली भाषामा ‘पनौतीको बाह्रवर्षे मकरमेला’ र अंग्रेजी भाषामा प्रकाशित ‘मकर मेला अफ पनौती’ गरी दुई पुस्तकको विमोचन गरिएको छ । दुवै पुस्तक साहित्यमा सक्रिय संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले लेखेका हुन् ।
पनौतीमा आयोजित कार्यक्रममा लाकोजूद्वारा रचना गरिएको पनौतीको चिनारी बोकेको गीत पनि सार्वजनिक गरिएको थियो...