पुस्तक परीक्षामा अंक ल्याउनका लागि पढें शिक्षाको शिखर चढेजस्तो लाग्ने रहेछ पुस्तक प्रमाणपत्र प्राप्तिका लागि पढें प्रमाणपत्र नपाउनेहरुलाई अज्ञानी ठानिंदो रहेछ पुस्तक रमाउनको लागि पढें स्वर्ग कल्पनामा देख्न पाइँदो रहेछ त्यही पुस्तकका ज्ञान मनन गर्नको लागि पढें व्यवहारमा उतार्नको लागि पढें आफू अझै ज्ञानको पिंधमा उभिएको पाइने रहेछ बजारमा अनगिन्ती पुस्तकहरु छन् ती कतिपय पुस्तकहरुमा […]